लामो दुरीको यातायात असोज १ देखि खुल्दै, आन्तरिक हवाई र होटल पनि खुल्ने

Read Time:1 Minute, 16 Second

No description available.

काठमाण्डौं, भाद्र ३०

असोज १ देखि लामो दुरीको यातायात सञ्चालनमा आउने भएको छ । मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । सरकारले व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने समेत निर्णय गरेको छ । संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन र बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइने समेत निर्णय भएको छ । मन्त्रीपरिषद बैठकले अन्तरिक हवाई उडान र होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने निर्णय गरेको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय भएको हो । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ र मास्क, भाइजर अनिवार्य गरिएको जनाइएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %