मन्त्री पुनले गरेको कुलमानको प्रस्तावमा प्रधानमन्त्रीको प्रश्न

Read Time:1 Minute, 47 Second

No description available.

काठमाण्डौं, भदौं २९

ऊर्जामन्त्री वर्षमान पुनले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको प्रस्ताव गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी प्रश्न उठाउनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङको प्रस्ताव उठाउँदा प्रधानमन्त्री ओलीले कानुनी प्रश्न उठाउनुभएको हो । प्रधानमन्त्रीको कानुनी प्रश्न पछि  कुलमान बारेमा मन्त्रिपरिषद् बैठकले कुनै निर्णय गर्न नसकेको हो । प्रधानमन्त्री ओलीले कानुनी प्रश्न उठाउँदै आफूले थप परामर्श गर्ने बताउनुभएको एक मन्त्रिले जानकारी दिनुभयो । १८ घण्टासम्म लोडसेडिङ गराउने विद्युत प्राधिकरण लाई २४ सै घण्टा विद्युत आपूर्ति गराउन सफल घिसिङले करोडौ घाटामा गएको प्राधिकरणलाई नाफामा समेत लग्न सफल हुनुभएको छ ।

आइतबार देखि पदावधि सकिएर घर बस्नुभएका घिसिङलाई प्राधिकरणमा फेरी नियुतmी गर्नुपर्नेमा धेरै नेपालीहरुले माग गर्दै आएका छन् । मन्त्रीपरिषदको बैठक बसीरहेको बेला समेत काठमाण्डौंमा बिभिन्न संघ संस्थाका प्रतिनिधि सहित दर्जनौ यूवाहरुले घिसिङलाई पुर्नबाहलीको माग गर्दै नारा बाजी गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %