भूतपुर्व गोर्खालाई अनागरिक बनाउने निर्णय खारेज गर्न भूपूहरुको माग

Read Time:4 Minute, 39 Second

No description available.

राम अस्लामी

रुपन्देही, श्रावण ३ 

भूतपुर्व गोर्खा सैनिकहरुलाई बिभेद गर्ने र अनागरिक बनाउने निती एवं निर्णयको बिरुद्ध राष्ट्रिय जनमुक्ति पार्टी सम्बद्ध राष्ट्रिय पूर्वसैनिक संगठन प्रदेश नम्बर ५ (लुथम ) समितिको आयोजनामा बुटवलमा बिरोध तथा खबरदारी सभा सम्पन्न गरेको छ । बुटवल राजमार्ग चौराह देखी शुरु गरेको बिरोध र्याली मिलन चोक हुँदै मिडिया चोकमा पुगी कोण सभामा परीणत भएको थियो । सो बिरोध सभालाई संबोधन गर्दै राष्ट्रिय महिला मोर्चाका केन्द्रिय महासचिब धनी आले पूर्व सैनिक हरुलाई राजनीतिक रुपमा अग्राधिकार दिनको निम्ती राष्ट्रिय जनमुक्ति पार्टीले भुपुलाई खम्बाको रुपमा स्थापित गरेको बताउनुभयो ।
युवा नेता तथा जनमुक्ति युवा महासंघका वरिष्ठ उपाध्यक्ष सुन्दर गुरुङ्गले गोर्खालीको महत्वबारे स्पस्ट पार्नुभयो । उहाले यो ईतिहास नेपालका काग्रेस कम्यूनिष्टले बनाएको ईतिहास नभई आफूहरुको बहादुरी, तागत र सौर्यताले बनाएको दाबी गर्नुभयो ।
बिरोध सभालाई संबोधन गर्दै पूर्व सैनिक संगठन का केन्द्रिय अध्यक्ष भिम बहादुर रानाले गोर्खा भर्तिले राज्य तथा राज्यका सञ्चालकहरुले प्रशस्त लाभ लिन सफल भएपनि उनिहरुले भोग्नु परेका समस्याहरुका बारेमा राज्यका सञ्चालकहरुले कहिल्यै गम्भीर नभएको बताउनुभयो । हिजो दुश्मनको निम्ती उठेको गोर्खाली खुकुरी अब दमन गर्ने साशक बिरुद्ध उठ्न सक्ने उहाँको चेतावनी थियो । बिरोध सभाका प्रमुख बक्ता राष्ट्रिय जनमुक्ति पार्टीका संघिय परिषद उपाध्यक्ष दल बहादुर बिरकट्टाले गोर्खा भूपू सैनिकले विदेशमा गरेको सेवा र कर्मबापत राज्यले ठूलो रेमिट्यान्स प्राप्त गरेको तर भूपूहरूले प्राप्त गर्ने सुविधाप्रति नेपाल सरकारको कुदृष्टि आफूहरूलाई सैह्य नहुने बताउनुभयो ।
सामाजिक सुरक्षा भत्ता रोक्ने सरकारको निर्णयको बिरोधमा पूर्वसैनिक संगठन प्रदेश ५ का अध्यक्ष क्याप्टेन बल बहादुर थापा, अल नेपाल भारतीय पूर्वसैनिक कल्याणकारी संगठन जिल्ला अध्यक्ष सुबेदार लील बहादुर केसी, राष्ट्रिय महिला मोर्चा केन्द्रिय महासचिब धनी आले, जनमुक्ति युवा महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष सुन्दर गुरुङ, अल नेपाल भारतीय पूर्वसैनिक कल्याणकारी संगठन केन्द्रिय सह अध्यक्ष चन्द्र महत, राष्ट्रिय पूर्व सैनिक संगठनका केन्द्रिय अध्यक्ष क्याप्टेन भिम बहादुर राना, राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषद उपाध्यक्ष दल बहादुर बिरकट्टा लगायतका बक्ताहरुले संबोधन गरेका थिए ।
यही असार १७ गते नेपाल सरकारले निर्णय गरी कार्यान्वयनका लागि स्थानीय तहहरूलाई निर्देशन दिएको भन्दै राष्ट्रिय पूर्वसैनिक संगठन सडकमा आउनु परेको बल बहादुर थापाले बताउनुभयो । बिरोध सभामा कपिलबस्तु, नवलपरासी, पाल्पा र रुपन्देहीका पुर्व सैनिक प्रहरीहरुको सहभागिता थियो । प्रदेश सचिव श्याम बहादुर थापाको संचालनमा भएको कार्यक्रमको ब्यवस्थापन पूर्वसैनिक संगठन रुपन्देहीले गरेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %