नेपालमा कोरोना सङ्क्रमितको संख्या १५ हजार नाघ्यो , ६ हजार बढी निको भए

Read Time:1 Minute, 24 Second

No description available.

काठमाण्डौं, असार १९ 

नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप सात सय ४० जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको संख्या १५ हजार नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकैदिनमा सङ्क्रमित हुनेको संख्या यो अहिले सम्मकै धेरै हो । मन्त्रालयका अनुसार अहिलेसम्म प्रदेश नम्बर १ मा ६ सय ७४, प्रदेश नम्बर २ मा तीन हजार नौ सय ९५ जना संक्रमित छन् । वाग्मती प्रदेशमा पाँच सय सात जना, गण्डकी प्रदेशमा एक हजार एक सय १८, प्रदेश नम्बर ५ मा तीन हजार आठ सय ९१, कर्णाली प्रदेशमा एक हजार पाँच सय ३९ र सुदूरपश्चिम प्रदेशमा तीन हजार पाँच सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ सय २३ जना उपचार पछि घर फर्किएका छन् । अब नेपालमा कोरोना सङ्क्रमण पछि निको भएर घर फर्किनेको संख्या ६ हजार एक सय ४३ पुगेको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %