नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाघ्यो

Read Time:1 Minute, 0 Second

No description available.

काठमाण्डौ, असार १७

नेपालमा कोरोना सङ्क्रमितको संख्या १४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा पाँच सय २२ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा सङ्क्रमितको संख्या १४ हजार ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
बुधबार थपिएका एक सय १७ महिला र तीन सय ६५ पुरुष रहेका छन् । स्वास्थ्य मन्त्रालयले देशभरिका क्वरेण्टीनमा ४८ हजार तीन सय ६२ जना रहेका छन् । विभिन्न अस्पतालका आइसोलेशनमा नौ हजार तीन सय ६० जनाले उपचार गराइरहेको जनाएको छ । चार हजार ६ सय ५६ कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना सङ्क्रमणको कारण ३० जनाको ज्यान गएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %