नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुग्यो




देब पचभैया 

पाल्पा, जेठ ५
नेपालमा कोरोना संक्रममितको संख्या ३५७ पुगेको छ । सोमबार एकैपटक ५३ जनामा कोरोना भाइरसको पुष्टि भएको हो । बाँकेमा मात्र ४७ जनामा संक्रमण पुष्टि भएको छ । । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४६ पुरुष र एक महिलामा संक्रमण भेटिएको हो । संक्रमित मोरङ, धनुषा, रौतहट, दाङ , गुल्मी र धादिङमा १ र १ जना गरी ६ जनामा पनि सोमबार नै कोरोना संक्रमण भेटिएको हो । संक्रमित मध्ये ३६ जना उपचार पछि निको भएर घर फर्किएका छन भने २ जनाको ज्यान गएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %