नेपालमा कोरोना संक्रमित २५८ पुगे

Read Time:1 Minute, 8 Second

काठमाण्डौं, जेठ २

नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौंको प्रयोगशाला र नेपालगंजमा गरिएको परिक्षणमा थप ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । मकवानपुर निवासी ३७ वर्षिय पुरुष,बाँके नैनापुर १,३ र ५ का १८,२०,२२,२५,२५,२७,३२ र ३६ बर्षिय पुरुषमा संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले जानकारी दिनुभयो । संक्रमित सबैको अवस्था सामान्य रहेको र उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये ३० भन्दा बढी उपचारपछि निको भएर घर फर्किएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %