कपिलबस्तुमा १० जना थपिए , कोरोना संक्रमितको संख्या १२० पुग्यो






देब पचभैया 

काठमाण्डौं, बैशाख २९, 

कपिलबस्तुमा थपिएका १० जना संगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौंको प्रयोगशालामा गरिएको परिक्षणमा कपिलबस्तु, यशोधन गाउँपालिका र बुद्धभुमि नगरपालीका निवासी १८,१९,२०,२०, २४,३०,३१,३४,३४ वर्ष र एक जना उमेर नखुलेका पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रबक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनुभयो । संक्रमितको अवस्थामा सामान्य रहेको पनि अधिकारीले बताउनुभएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %