बिद्यार्थी भर्ना नगर्न र अनलाईन शिक्षाको नाउँमा शुल्क नलिन निर्देशन

Read Time:1 Minute, 24 Second



काठमाण्डौं, वैशाख २२ 

जारी लकडाउनका कारण शैक्षिक संस्थाहरु बन्द रहेको भन्दै सरकारले बिद्यार्थी भर्ना नलिन निर्देशन दिएको छ । अनलाईन शिक्षाको नाउँमा केही बिद्यालयहरुले बैंक मार्फत पैसा तिर्न लगाएको जस्ता खबरहरु सार्वजनिक भएको भन्दै सरकारले कुनै पनि कक्षा तथा तहमा बिद्यार्थी भर्ना नगर्न र शुल्क नलिन निर्देशन दिएको हो । कक्षा १० को अन्त्यमा लिइने माध्यमिक शिक्षा परीक्षा (एस.इ.ई ) , कक्षा ११ र १२ का परीक्षा पनि अहिले रोकिएको भन्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले परिक्षाको बारेमा अहिले सम्म कुनै निर्णय नभएको बिज्ञप्ती मार्फत स्पष्ट पारेको छ । संस्थागत विद्यालयहरुले माध्यमिक तहसम्मको एक महिनाको शुल्क मध्ये आवास शुल्क बाहेक अन्य सबै शुल्कहरु छुट दिने नेपाल सरकारले गरेको निर्णय कार्यान्वयन गरी अभिभावक तथा स्थानीय तहहरुलाई जानकारी दिन समेत आग्रह गरिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %