कर्णाली प्रदेशका सवै नाका बन्द, नेपालगञ्जमा निषेधित क्षेत्र घोषणा

Read Time:1 Minute, 50 Second

बैशाख २२ , 

कोरोना भाइरसको जोखिम रोक्न कर्णाली प्रदेश सरकारले प्रदेशमा प्रवेश गर्ने सबै नाका एक हप्तासम्म पूर्ण रुपमा बन्द ( सिल) गरेको छ । प्रदेशको विपद् व्यवस्थापन केन्द्रको बैठकले सोमबार राती १२ बजे देखि नै लागु हुने गरी सवारी तथा पैदलमार्ग पूर्ण रुपमा बन्द गरी लकडाउन मजबुत बनाएको हो । कर्णालीसँग सीमा जोडिएको प्रदेश ५ को नेपालगञ्ज क्षेत्रमा कोरोना संक्रमितको संख्या बढेपछि जोखिम रोक्न प्रदेशको नाका सिल गरेको जनाइएको छ । भारतलगायत तेस्रो मुलुकबाट प्रदेशभित्र प्रवेश गरेका सबै नागरिकको अवस्था र विवरण सम्बन्धित स्थानीय तहले प्रदेश सरकारलाई जानकारी गराउन निर्देशन दिंदै भारत र तेस्रो देशबाट आएका सबैको कोरोना जाँचको व्यवस्था गर्ने समेत बैठकले निर्णय गरेको छ । 

यसैविच कोरोना संक्रमितको संख्या थपिदैगएपछि बाँकेको नेपालगन्जमा निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले मंगलबार बिहान ११ बजेदेखि वैशाख २५ गतेसम्म नेपालगञ्जलाई पूर्णतः निषेधित क्षेत्र घोषणा गरेको हो । औषधि पसलबाहेक सबैखाले पसल, व्यवसाय खोल्न रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %