काठमाण्डौं, बैशाख २१,
७ बर्षको बच्चा सहित नेपालमा एकै दिन १० जना कोरोना संक्रमित भेटिएका छन् । आइतबार भएको परीक्षणमा पर्सामा ३६ बर्षिय एक पुरुष र नेपालगञ्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । आइतबार थपिएका सहित नेपालमा कोरोनाबाट सङ्क्रमित हुनेहरु ६९ पुगेका छन् ।

संक्रमित मध्ये १६ जना भने उपचार पछि निको भएर घर फर्किएका छन् । नेपालगञ्जमा आईतबार कोरोना पुष्टि भएका पाँच पुरुष र चार महिलाको उमेर सातदेखि ५८ वर्ष रहेको छ । सानो उमेरमा कोरोना पुष्टि भएको नेपालमा यो पहिलो घटना हो । मन्त्रालयका अनुसार १० जनाको नेपालगञ्जको कोरोना अस्पतालमा,विराटनगरमा ३१ जना, वीरगञ्जमा ९ जना तथा रुपन्देही, भरतपुर, नेपालगञ्ज र धनगढीमा एक एक जनाको उपचार भइरहेको छ ।
