
काठमाण्डौं, पाल्पा, चैत्र २३
जारी लकडाउनलाई थप प्रभाबकारी बनाउन थप कडाइ भएको छ । सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को तहमा जान रोक लगाएको छ । कोरोना भाइरसको संक्रमण बाट जोगिन चैत ११ गतेदेखि लकडाउन सुरु गरेको सरकारले चैत १८ गतेसम्म गरेको लकडाउन थपेर चैत २५ गते राति १२ बजेसम्मका लागि पुर्याएको थियो । चैत २५ पछि लकडाउन के गर्ने भन्नेबारे भने निर्णय गरेको छैन । नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगे संगै लकडाउन लाई थप कडाई गरिएको हो । शनिबार थप तीन जनामा कोरोना सङ्क्रमणको पुष्टि भए पनि नेपालमा संक्रमितको संख्या ९ पुगेको छ ।
