नेपालमा कोरोना संक्रमितको संख्या ६ पुग्यो

Read Time:1 Minute, 3 Second

काठमाण्डौं, चैत्र २० ,

नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । पछिल्लो पटक बागलुङकी ६५ वर्षीया एक वृद्धामा कोरोना संक्रमणको पुष्टि भएको हो । लेको छ । बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएकी उनमा कोरोनाको पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनी चैत ४ गते नेपाल आएकी थिइन् । मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएकी वृद्धा र तेस्रो संक्रमित बागलुङकै १९ वर्षीय किशोरीकी आफन्त हुन् । दुबै जना बेल्जियमबाट सँगै नेपाल आएका थिए । संक्रमण पुष्टी भएकी बृद्धालाई होम क्वारेन्टाइनबाट बागलुङ अस्पताल ल्याइएको आफन्तले जनाएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %