पाल्पामा यातायातका साधनमा रोक, घर बाहिर ननिश्किन प्रशासनको अपिल

Read Time:1 Minute, 21 Second

पाल्पा, चैत्र १० ,

पाल्पामा यातायातका साधनमा अनिश्चित कालका लागी रोक लगाइएको छ । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको संक्रमण रोकथाम तथा उपचार कार्यमा सहजीकरण गर्न गठित कार्यटोलीको बैठकले सवारी साधन र  टिप्पर संचालनमा रोक लगाएको हो । अत्यावश्यक काममा  बाहेक निजि सवारीमा समेत रोक लगाइएको छ । निजि सवारीले यात्रु बोकेको पाइए कानुन बमोजिम कारवाही गर्ने समेत जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी  यादब सुवेदीको अध्यक्षतामा सोमबार बसेको बैठकले अन्तरपालीका, अन्तरजिल्ला, बाहिरबाट आउने र जाने सबै सवारीमा रोक लगाएको हो । अत्यावश्यक काम बाहेक घर बाहिर ननिश्किन जिल्लावासीलाई आग्रह गर्दे बैठकले पेट्रोलियम पदार्थ, ग्यास,  खाद्धान्न, दुध, पानी जस्ता आवश्यक सामान ढुवानी गर्ने सवारी साधन भने संचालन हुने जनाएको छ । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %