लामो दूरीका गाडी र अन्र्तराष्ट्रिय हवाई उडान बन्द हुँदै

Read Time:1 Minute, 31 Second

काठमाण्डौं, चैत्र ८, 

आउँदो आइतबार देखि लामो दूरीका गाडी बन्द हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै चैत १० गतेदेखि केही समयका लागि लामो दूरीका गाडी सञ्चालनमा रोक लगाइएको जानकारी दिनुभयो । कोरोना भाइरस संक्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि सबै सरकारले आइतबार देखि नै अन्तर्र्राष्ट्रिय हवाई उडान समेत बन्द गर्ने भएको हो । नेपालबाट हुने सबै अन्तर्राष्ट्रिय उडान तथा अवतरण बन्द हुने प्रधानमन्त्री ओलीको भनाई छ ।

भारतसँगको सीमा जोडिएका क्षेत्रमा अनिवार्य स्वास्थ्य जाँच गर्ने व्यवस्था गरिने भन्दै उहाँले त्यसका लागि भारत सरकार संग समन्वय गरिने बताउनुभयो ।  सार्वजनिक, सामुदायिक तथा निजी क्षेत्रले दिदै आएका सबै सेवाहरु चैत ९ गतेदेखि २१ गतेसम्म बन्द गर्ने समेत सरकारले निर्णय गरेको छ । नेपाल राजपत्रमा प्रकाशित अत्यावश्यक सेवा भने सञ्चालन हुने जनाइएको छ । सिनेमाघर संगै सबै प्रकारका पठनपाठनका कार्य बन्द भएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %