
काठमाण्डौं, फागुन ३०
विश्वमा फैलिरहेको कोरोना भाईरस बाट जोगिन हात नमिलाउन र नमस्कार गर्ने बानी बसाल्न बेलायती राजकुमार प्रिन्सचाल्सले आग्रह गरेका छन् । जनचेतना जगाउँदै हिडेको फोटो बेलायत बाट प्रकाशित हुने पत्रपत्रिकाहरुले प्रकाशन गरेपछि राजकुमारको यो कार्यको धेरै प्रशंसा भएको छ । हातमिलाउँदा मात्रै धेरै संक्रमण हुने भएकाले टाढै बाट नमस्कार गर्ने बानी बसाउनुपर्नेमा उहाँको जोड छ ।
