यूएईमा दुई नेपालीलाई कोरोनाको सङ्क्रमण , नेपालीलाई लाग्यो कतार प्रवेशमा रोक

Read Time:1 Minute, 39 Second

राज्यसत्ता डट,कम 

काठमाण्डौं, फागुन २६, 

दुई नेपालीलाई यूएईमा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ ।  संयुक्त अरब इमिरेट्सको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार (कोभिड–१९ ) बाट दुई नेपाली पनि सङ्क्रीत भएका हुन् । नेपालीसहित १४ जना नयाँ सङ्क्रमित भेटिएका यूएईमा त्यहीका चार जना, इटलीका तीन जना, बङ्गलादेशका दुई जना, रुसका एक जना, भारतका एक जना र सिरियाका एक जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । यूएईमा कोरोना सङ्क्रमितको संख्या ५९ पुगेको भन्दै स्वास्थ्य विभागले सावधानी अपनाउन सबैसंग अपिल गरेको छ । उता कतारसरकारले नेपालसहित १४ देशका नागरिकलाई अस्थायी रुपमा प्रवेशमा रोक लगाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि कतारले नेपालसहित, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, सिरिया, श्रीलङ्का र थाइल्यान्डका नागरिकलाई कतार प्रवेशमा रोक लगाएको हो । अहिलेसम्म १५ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको कतारमा चार लाखभन्दा धेरै नेपाली रहेपनि कुनै पनि नेपालीलाई समस्या भएको छैन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %