३८ औ मगर स्थापना दिवस धुमधुमका साथ मनाइदै

Read Time:3 Minute, 28 Second

देब पचभैया 

पाल्पा, फागनु १५ , 
आज फागुन १५ अर्थात, ३८ औ मगर स्थापना दिवस । बिभिन्न कार्यक्रमको आयोजना गरी मगर स्थापना दिवस देशैभर मनाईदै छ । २०३९ साल फागनु १५ गते स्वर्गिय हेम बहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परिवार संघको प्रथम अधिबेशन भएको थियो । यसैको संझनामा मगर संघ र यस संग सम्वन्धित संघ सँस्थाहरुले स्थापना दिवसको रुपमा मगर दिवस मनाउन लागेका हुन् । मगर स्थापना दिवसका अवसरमा, मगर बाहुल्य रहेका बिभिन्न नगरपालीका र गाउँपालीकाहरुले आज स्थानीय बिदा दिएका छन् । मगरका भाषा, संस्कृतिको रक्षा र अधिकार प्राप्तीका लागी स्थापना भएको लाङ्घाली परिवारसंघ पछि नेपाल मगर संघमा परिवर्तन भएको मगर संघका संस्थापक महासचिब सुरेश आले मगरले जानकारी दिनुभयो ।
मगर स्थापना दिवसको अवसरमा मगर संघको केन्द्रिय समितिले आज संघका सँस्थापक तथा मगर अग्रज नेताहरुलाई मगर गौरब पदक बाट सम्मान गर्ने कार्यक्रम राखेको छ । संघका केन्द्रिय अध्यक्ष नबिन रोकामगरका अनुसार प्रज्ञाभवन कमलादी काठमाण्डौंमा दिउँसो गृहमन्त्री राम बहादुर थापाको उपश्थितिमा हुने मगर स्थापना दिवसका अवसरका संघका संस्थापक तथा मगर अग्रजहरुलाई सम्मान गर्न लागिएको हो । २०१२ सालमै मगर समाज सुधार समितिको नाउँमा गुल्मीको भार्सेमा मगरहरुको पहिलो संगठन बनेको भनिएपनि मगर संघले २०३९ साल फागुन १५ लाई नै संघको स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।
दिवसका अवसरमा पाल्पाका ७ पालिकाद्धारा सार्वजनिक बिदा
मगर स्थापना दिवसका अवसरमा पाल्पाका ७ पालीकाहरुले सार्वजनिक विदा दिएका छन् । रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्बखोला गाउँपालिका, माथागढी गाउँपालिका, तिनाउँ गाउँपालिका, बगनासकाली गाउँपालिका र रैनादेबी छहरा गाउँपालिकाले ३८ औ मगर स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिएका हुन् । १० स्थानीयय तह रहेका पाल्पामा ५२ प्रतिशत भन्दा धेरै मगरहरुको बसोबास छ । मगरको धेरै बसोबास रहेको सदरमुकाम तानसेन नगरपालीकाले भने कुनै पनि बिदा दिएको छैन ।
रम्भा गाउँपालीका र रिब्दीकोट गाउँपालिकाले पनि दिवसका अवसरमा बिदा नभएको जनाएको छ । नेपाल मगर संघ, पाल्पाका अनुसार मगर दिवसका अवसरमा आज पाल्पाका दुई नगरपालीका र सबै गाउँपालिका तथा वडाहरुमा पनि मगर स्थापना दिवसका अवसरमा बिभिन्न कार्यक्रमको आयोजना गरिएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %