देशैभरका भूपु मगरहरु बुटवलमा

Read Time:2 Minute, 27 Second

रुपन्देही, फागनु १०,  

नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघको राष्ट्रिय महाधिवेशनको लागी देशैभरका मगर भूपुहरु बुटवलमा भेला भएका छन् । ७ वटै प्रदेशका ३ सय बढी प्रतिनिधि र पर्यबेक्षकहरु बुटवल आएका हुन् । शनिबार बिहान ११ बजे राष्ट्रिय महाधिबेशनको नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नबिन रोका मगरले उद्घाटन गर्ने कार्यक्रम रहेको मगर भूतपूर्व सैनिक तथा प्रहरी संघ केन्द्रिय अध्यक्ष हुम बहादुर थापा पचभैयाले जानकारी दिनुभयो ।
संघका महासचिब क्याप्टेन भिम बहादुर रानाका अनुसार शनिबार सम्पन्न हुने महाधिबेशनले आगामी ३ बर्षका लागी नयाँ नेतृत्व चयन गर्नेछ । नेपाल मगर संघ बुटवल, १३ इकाई समितिको ब्यवस्थापनमा बुटवल १३ पितृथान, बदेलपोखरीमा कार्यक्रम हुने संघका उपाध्यक्ष सुवेदार मेजर चित्र बहादुर रानाले बताउनुभयो । मगर इतिहास, भाषा, धर्म, संस्कृति, संरक्षण सम्वद्र्धन मगरहरुको मुल मन्त्र, मगरात पहिचान र स्वायत्त साशन सहितको संघिय लोकतान्त्रिक गणतन्त्र, मगर भूपूसैनिक प्रहरीको शान, हाम्रो पहिचान भन्ने मुल नाराका साथमा हुन लागेको मगर भूतपूर्व सैनिक तथा प्रहरी संघको राष्ट्रिय महाधिवेशनलाई सबैको साथको आवश्यक रहेको समेत अध्यक्ष थापाले बताउनुभयो ।

नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघमा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान, शसत्र प्रहरी, नेपाली सेना, भारतीय तथा बेलायती सेनामा आवद्ध मगर भूपूहरुको सहभागीता छ । नेपाल मगर संघमा आबद्ध मगर भूतपूर्व सैनिक तथा प्रहरी संघ सबैपार्टीमा बिचार राख्ने मगर भूपूहरुको साझा संस्था हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %