मगर भूतपूर्व सैनिक तथा प्रहरी संघको राष्ट्रिय महाधिवेशनको तयारी पुरा

Read Time:1 Minute, 59 Second

पाल्पा, फागुन ९, 

शनिबार बुटवलमा हुने नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघको राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको छ । राष्ट्रिय महाधिवेशनको तयारी तिब्र पुरा भएको जानकारी दिदै संघका केन्द्रिय अध्यक्ष हुम बहादुर थापा पचभैयाले देशैभरका मगर भूतपूर्व सैनिक तथा प्रहरीहरुको सहभागीता रहने महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने जानकारी दिनुभयो । नेपाल मगर संघ बुटवल, १३ इकाई समितिको ब्यवस्थापनमा बुटवल १३ पितृथान, बदेलपोखरीमा कार्यक्रम हुने आयोजकले जनाएका छन् । 

मगर इतिहास, भाषा, धर्म, संस्कृति, संरक्षण सम्वद्र्धन मगरहरुको मुल मन्त्र, मगरात पहिचान र स्वायत्त साशन सहितको संघिय लोकतान्त्रिक गणतन्त्र, मगर भूपूसैनिक प्रहरीको शान, हाम्रो पहिचान भन्ने मुल नाराका साथमा हुन लागेको मगर भूतपूर्व सैनिक तथा प्रहरी संघको राष्ट्रिय महाधिवेशनलाई सबैको साथको आवश्यक रहेको समेत अध्यक्ष थापाले बताउनुभयो । नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघमा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान, शसत्र प्रहरी, नेपाली सेना, भारतीय तथा बेलायती सेनामा आवद्ध मगर भूपूहरुको सहभागीता छ । नेपाल मगर संघमा आबद्ध मगर भूतपूर्व सैनिक तथा प्रहरी संघ सबैपार्टीमा बिचार राख्ने मगर भूपूहरुको साझा संस्था हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %