भारतमा ६ नेपालीको ज्यान गयो

Read Time:1 Minute, 11 Second

काठमाण्डौं, फागुन ८,  

धर्मका लागि सुनसरीबाट भारत गएका ६ जना नेपालीको सडक दुर्घटनामा ज्यान गएको छ । १८ जना घाइते भएका छन् । नेपाली सवार मिनीबस सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार दुर्घटनामा परेको हो । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । अर्को बस संग ठोक्किएर सो दुर्घटना भएको भारतीय संचारमाध्ययमले जनाएका छन् । 

दुर्घटनामा ज्यान गुमाएका मध्ये ५६ वर्षिय गोपाल तामाङ, ६० वर्षिय विष्णु दाहाल, ४६ वर्षिय वीरबहहादुर राई, ५० वर्षिय टीकाराम र ५० वर्षिया बेलुकारी चौधरीको मात्रै नाम खुलेको छ । दुर्घटनाका घाईते अमरनाथ चौधरीका अनुसार गाडीमा ३४ जना थिए । उनीहरु गएको माघ २३ गते देखि ३५ दिनको भारतका बिभिन्न स्थानको तीर्थयात्रामा निश्किएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %