प्रथम सहिद लखन थापाको १४३ औ स्मृति दिवस मनाइदै

Read Time:1 Minute, 26 Second

काठमाण्डौं, फागनु २, 

बिभिन्न कार्यक्रमको आयोजना गरी प्रथम सहिद लखन थापा मगरको १४३ औ स्मृति दिवस शुक्रबार देशै भर मनाइदै छ । लखन थापा मगर स्मृति प्रतिष्ठान र नेपाल मगर संघको आयोजनामा देशै भरी बिभिन्न कार्यक्रमको आयोजना गरिएको नेपाल मगर संघले जनाएको छ । जहानिया राणा शासन बिरुद्ध आन्दोलन चलाएका प्रथम शहिद लखन थापा मगरलाई राणाहरुले बि.सं १९३३ फागुन २ गते गोर्खाको बुङकोटमा खिर्राको रुखमा झुण्ड्याएर मृत्यू डण्ड दिएका थिए ।

२०५६ साल फागनु १९ गते शहिद घोषणा गरेको नेपाल सरकारले लखन थापा मगरलाई बि.सं २०७३ असोज ३ गते शहिद लखनलाई प्रथम सहिद घोषणा गरेको थियो । काठमाण्डौं स्थित कमलादीमा रहेको नेपाल प्रज्ञाप्रतिस्ठानमा आज दिउसो बिशेष कार्यक्रमको आयोजना गरिएको प्रस्ठिानले जनाएको छ । १४३ औ लखन स्मृति दिवसका अवसरमा नेपाल मगर बिद्यार्थी संघ केन्द्रको आब्हानमा बिहिबार बेलुकी देशैभरी दिपप्रज्वलन गरिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %