कावासोतिमा राष्ट्रिय जनमुक्ति पार्टीको प्रशिक्षण कार्यक्रम सम्पन्न !

Read Time:3 Minute, 27 Second

पूर्ण बहादुर राना
नवलपुर , कावासोति । माघ २० – राष्ट्रिय जनमुक्ति पार्टी कावासोति नगर समितिको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम राष्ट्रिय जनमुक्ति पार्टी कावासोति नगर समितिका अध्यक्ष बुद्धि बहादुर सारूको अध्यक्षतामा र संघीय परिषदका सदस्य नरबहादुर थाडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 

प्रमुख अतिथि ठाडाले जनमुक्ति पार्टीमा आफ्नो अधिकार प्राप्तिको लागि युवा जमात अग्रसर भई नेतृत्वदायि भुमिका निर्वाहा गर्नु पर्ने बताए । विशिष्ट अतिथि राष्ट्रिय जनमुक्ति पार्टी तमुवान(मगरात९गण्डकी० प्रदेश समितिका अध्यक्ष मन्धरि आलेले सबै जातिलाई सत्तामा पुर्याउने विधि समानुपातिक प्रतिनिधित्व प्रणाली अकाट्य सिद्धान्त रहेकोले सबै नेता कार्यकर्ता दृढ संकल्प लिएर अघि बढ्नु पर्ने बताए ।

प्रमुख प्रशिक्षक नेपाल विद्यार्थी मोर्चाका केन्द्रीय अध्यक्ष पूर्ण बहादुर रानाले जनमुक्ति विचारधारालाई व्यक्ति व्यक्ति, टोल टोल गाउँगाउँ फैलाउनु पर्ने बताए । उनले वर्तमान अवस्थामा जनताले जनमुक्ति पार्टीलाई खोजेको तर जनमुक्तिले जनता नखोजेको बताए । रानाले एमसिसि विधेयकको एकाउन्न अर्बमा र्याल काढ्नु सान्दर्भिक नभएको बताए । कुनै देशले अनुदान दिंदा पनि सहि सदुपयोग नभएको दृष्टान्त रहेको बताए । एमसिसिले अनुदानमा सर्त राखेको  र संसदबाटै पास गर्नु पर्ने कारणबाट नेपाली जनतामा आशंक उब्जिएको तर काङ्ग्रेस र कम्युनिष्ट पार्टीहरू न्वारन देखिको बल लगाएर पास गर्नु पर्ने आवाज बुलन्द गरिरहेको कम्युनिस्ट र काङ्ग्रेस पार्टी राष्ट्रघाति पार्टी भएको बताए ।

नेपालको सन्दर्भमा  बाहिरबाट आएको अनुदान वा आम्दानिको कार्यान्वयन एउटा खराब मान्छेले करोडौं रूपैयाँ जाँड रक्सि , रण्डिबाजि र जुवातासमा पैसा फाले जस्तो भईरहेको बताए । नेपालले आफ्नो सार्वभौम समाप्त हुने गरि कुनै अनुदान वा सहयोग लिन नहुने बताए । बरू देश विकासको गति धिमै भए पनि आफ्नै देशको जनशक्ति र श्रोतलाई सहि सदुपयोग गर्ने नीति अखितियार गर्नु पर्ने धारणा उनको छ । कार्यक्रममा संघीय महासभा सदस्य चित्र बहादुर आले, नवलपुर अध्यक्ष तिल बहादुर झेंडि उपस्थित थिए । कार्यक्रम सञ्चालन जिल्ला सचिव ओम थापाले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %