रामेश्वोर शर्मा,झन्डा बाबा बालिका करणी गर्दा गर्दै पक्राउ ।

Read Time:2 Minute, 21 Second

राज्यसत्ता
बाराको कोल्हवी नगरपालिका, वडा नं. ११ रमपूर्वामा १४ वर्षिया बालिका बलात्कृत भएकी छन् ।

विगत १५ वर्षदेखि कोल्हवी क्षेत्रमा, आफूलाई आसाराम बापूको चेला बताउने ५५ वर्षे भारतीय नागरिक रामेश्वर शर्मा उर्फ झण्डा बाबा बालिका बलात्कार गर्दै गरेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएकाे छ । शर्माले बालिकालाई मन्त्र सिकाईदिने भनी बलात्कार गरिरहेकै अवस्थामा ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरिक्षक बालिष्टर सिंहले शर्मालाई पक्राउ गरेकाेबारे जिल्ला प्रहरी कार्यालय बाराले बताएकाे छ ।

जिल्ला प्रहरी कार्यालय बाराले दिएकाे जानकारी अनुसार झण्डा बाबा, शर्माले कोल्हवी क्षेत्रमा अाफू झारफुक गर्ने बाबा हो भनी अखडा जमाएर बस्दै आएको थियो । एक स्थानीयले दिएको जानकारी अनुसार झण्डा बाबा, शर्माले विगत लामो समय देखि कोल्हवी क्षेत्रमा तन्त्रमन्त्र जान्ने भएकाेले झारफुक तथा तन्त्रमन्त्र सिकाईने भनी बालिका तथा महिलालाई बोलाई यौन शोषण गर्दै आएका सुनेको जानकारी दिए। शर्माले नाबालिकलाई करणी गरेकाले फौजदारी अपराध सहिंता २०७४ अनुसार मुद्दा चलाउनेबारे जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जनाए ।

अपराध सहिंता २०७४ को परिच्छेद १८ अन्तर्गत करणी सम्बन्धि कसुरमा दफा २१९ को उपदफा ३ को ग अनुसार १४ वर्षभन्दा माथि १६ वर्ष सम्मको बालिका वा महिलालाई करणी गर्दा १२ वर्षदेखि १४ वर्षसम्म कैद हुने प्रावधान रहेको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %