विश्वकै होचा ठहरिएका खगेन्द्र थापामगरको निधन

Read Time:2 Minute, 3 Second

काठमाण्डौं, माघ ३,  

बिश्वकै होचा मान्छेको विश्व कीर्तिमान राखेका बाग्लुङका खगेन्द्र थापामगरको शुक्रबार ज्यान गएको छ । शुक्रबार दिउँसो पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा थापाको निधन भएको हो । थापा मगर बाग्लुङ धुल्लुवासकोट ६ मा जन्मिनुभएको हो । खगेन्द्र थापामगर प्रतिष्ठानका सदस्य दिनानाथ बरालका अनुसार स्वास्थ्यमा समस्या आएपछि उहाँलाई बिहीबार अस्पतालमा भर्ना गरिएको थियो । मणिपाल अस्पतालको सघन उपचारकक्ष ( आईसीयू ) मा भर्ना हुनुभएका मगरको शुक्रबार दिउँसो ३ बजे निधन भएको हो । उहाँको निमोनियाका कारण निधन भएको उपचारमा संलग्न डाक्टरले जनाएका छन् । ५७ सेन्टिमिटर अर्थात २२ दशमलव ४ इन्च उचाइ भएका थापामगरले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकड्र्स’ मा नाम लेखाउनु भएको थियो । २०४९ साल असोज १८ गते जन्मिनुभएका थापाको तौल छ सय ग्राम मात्र थियो । अहिलेको तौल ५ दशमलव ५ किलोग्राम मात्र रहेको जनाइएको थियो । यसअघि २०७४ कार्तिक ३० गते खगेन्द्र थापामगरकै अनुहार र कदकाठी भएका हास्य कलाकार दिपेन शाहको १९ वर्षको उमेरमा निधन भएको थियो भने विश्वकै होचा व्यक्तिका रुपमा गिनिज बुक अफ दि वल्र्ड रेकड्र्समा नाम लेखाएका नेपालका चन्द्रबहादुर डाँगीको २०७२ साल भदौमा अमेरिका भ्रमणका क्रममा अमेरिकामै निधन भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %