
काठमाण्डौं, माघ २
नेपाली कामदार बोकेको बस युएईको आबुधाबीमा दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । १८ नेपाली घाईते भएका छन् । ज्यान गुमाउनेहरु नेपाली हुन सक्ने आसंका गरिएपनि पहिचान भएको छैन । २४ जना सवार रहेको बसमा १८ जना नेपाली कामदार रहेको कम्पनीले जनाएको छ । अन्य ६ जना श्रीलंका र अफ्रिकी मुुलुकका महिला कामदार रहेको जनाइएको छ । सवार सबै सरसफाइ सम्बन्धी काम एमबीएम कम्पनीका कामदार रहेको बुझिएको छ । नेपाली कामदारको अवस्था र विवरण संकलन गर्न दूतावासका प्रतिनिधि घाइतेको उपचार भइरहेको अस्पतालमा पुगेको त्याहा स्थित नेपाली दूतावासले जनाएको छ । कामका लागी गइरहेको अवस्थामा उक्त बस लहरीमा ठोकिए दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ५ जना नेपालीको आबुधाबी खलिफा सिटीमा रहेको एनएमसी अस्पतालमा उपचार भइरहेको छ । अन्यको मफरक र अल रहा अस्पतालमा उपचार भएको कम्पनीले जनाएको छ ।
