पाल्पामा मगरी खाजा तथा साँस्कृतिक महोत्सव सम्पन्न

Read Time:1 Minute, 3 Second

पाल्पा, पौष २५

पाल्पामा मगरी खाना तथा सांस्कृतिक महोत्सब सम्पन्न भएको छ । मगरहरुको पर्व माघे सँक्रान्तीको अवसरमा नेपाल मगर संघ, पाल्पाले मगरी खाना संगै एक दिने सांस्कृतिक महोत्सब सम्पन्न गरेको हो । शुक्रबार तानसेनको टुडिखेलछेउ (लखनथापा पार्क ) निर भएको महोत्सवमा मगरका प्रचलित खानाका स्टल संगै मगरी सांस्कृतिक कार्यक्रम भएको थियो । मगरी बटुक, बंगुरको मासु, बन तरुल जस्ता परिकार संगै पाल्पालीहरु रमाएका थिए । मगरी झाम्रे, घाटु, सालैजो, जिवैमामा लगाएतका संस्कृतिको प्रर्दशन संगै दर्शकले नयाँ स्वादको अनुभब गरेको आयोजक नेपाल मगर संघ, पाल्पाका अध्यक्ष तेज बहादुर घर्तीले जानकारी दिनुभयो ।







0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %