रूद्र बहादुर श्रीस
पोखरा, ३० भदौ
गलकोट समाज, पोखराको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । समाजका ज्येष्ठ सदस्य, समाजसेवी अमर बहादुर खत्रीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बागलुङ समाज, पोखराका अध्यक्ष कुल चन्द्र शर्मा, गलकोट समाज, पोखराका वरिष्ठ सल्लाहकार प्रा.डा. भवानी प्रसाद पाण्डे (भाष्कर), स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक खिम बहादुर खड्का, समाजका पूर्वअध्यक्ष एवं सल्लाहकार हिरा बहादुर खत्री, प्रभु बैंक, नयाँसडक शाखाका शाखा प्रबन्धक चेतनारायण गौतमलगायतले समाजको बारेमा बोलेका थिए ।
समाजका अध्यक्ष मीन बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष खडक बहादुर थापा र सह–सचिव कृष्ण बहादुर खत्रीले पनि बोलेका थिए । समाजको साधारण सभाले समाजका सचिव द्रोण खत्री (पूर्वक)ले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष क्या. पूर्ण बहादुर खत्रीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित समेत गरेको छ ।
