माझी बस्ती निर्माणका लागि अस्ट्रेलियामा संकलन गरिएको रकम हस्तान्तरण

Read Time:6 Minute, 24 Second

प्रभा श्रेष्ठ

ट्युमरको शल्यकृया पस्चात नेपाल फर्किनु भएकी चर्चित नायिका एबं सुबिधायुक्त ५३ घरको माझी बस्ती निर्माणमा जुट्नु भएकी बहुमुखी प्रतिभाकी धनी एबं धेरैका लागि प्रेरणाकी श्रोत स्वेता खड्कालाई जुजुधौ, केक, फूलको गुच्छा र खादाद्धारा शीघ्र स्वास्थ्य लाभको कामना गर्दै भास्कर रेग्मीको सकृयातामा अस्ट्रेलिया र अमेरिका निवासीहरुबाट संकलन गरिएको १ लाख ३२ हजार पाँच सय रुपयाँ माझी बस्ती निर्माणका लागि लुम्बिनी कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले एक कार्यक्रमका बीच हस्तान्तरण गरे ।

श्रेष्ठले रकम सानो ठूलोभन्दा पनि भावना महत्वपूर्ण हुने भएकोले नै बिद्यार्थी जीवन गुजारिरहेका भास्कर रेग्मीले छोरीको जन्मदिनको अबसरमा माझी बस्तीको लागि प्रदान गरेका आठ हजारको प्रचार प्रसारका कारण उनै रेग्मीकै पहलमा अस्ट्रेलिया र केही अमेरिकामा बसोबास गर्नेको सहभागितामा १ लाख ३२ हजार पाँच सय रुपयाँ माझी बस्ती निर्माणका लागि यसरी हस्तान्तरण गर्न पाइएको बताए ।

विस्व संयोजक श्रेष्ठले नायिका स्वेता खड्का ‘हेल्लो जिन्दगी’ शूटिङका क्रममा वेलायतमा रहँदा आफूले आशफोर्ड, बर्मिंघाम र स्कटल्याण्डमा माझी बस्तीको लागि आर्थिक संकलन गर्नका लागि कार्यक्रम गर्न संयोजनकारी भूमिका निर्बाह गरे तापनि अपर्झट ट्युमरको शल्यकृया गर्नुपर्ने अवस्था सिर्जना हुन जानाले ती कार्यक्रम रद्ध भएको र सफल शल्यकृया पस्चात नेपाल फर्कनु भएकोले यो कार्यक्रमको उद्धेस्य उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु पनि रहेको बताउनु भयो ।

नायिका स्वेता खड्काले राम कुमार श्रेष्ठ आबस्यक पर्दा आफ्नो हरेक काममा सहयोग गर्ने र हौसला प्रदान गर्ने एउटा प्रेरणादायी ब्यक्ति भएको बताउँदै माझी बस्ती सबैको स्वतस् स्फूर्त रुपमा सहभागिता रहेको एउटा फरक खालको परियोजना भएकोले यस्लाई स्वेताश्री फाउण्डेशनको परियोजनाको रुपमा नलिन आग्रह गरिन । उन्ले स्वेताश्री फाउण्डेशन यो परियोजनाको लागि देखिने एउटा माध्यम मात्रै भएको बताइन् ।

गायक, रचनाकार एबं पत्रकार कपिल कस्पल र गायक एबं रचनाकार मानस राजले स्वेताश्री फाउण्डेशनले बिना हल्ला जसरी एउटा नमूना बस्ती बनाउने काम गरिराखेको छ त्यस्मा आफ्नो पेशाका माध्यमबाट आबस्यक पर्दा सक्दो योगदान दिन आफूहरु तयार रहेको बताए ।

पत्रकार एबं अमेरिकी दूताबासको दूतको रुपमा बिभिन्न सामाजिक समस्याको निराकरणका लागि कार्यरत रोजी गिरीले स्वेता खड्का आफू र आफू जस्ता युवाहरुको लागि संधै प्रेरणाको श्रोतको रुपमा रहेको बताइन् ।

स्वेताश्री फाउण्डेशनका यज्ञराज कार्कीले माझी बस्ती निर्माणको अबधारणा मात्रै नभएर यस्ले जोड दिएको सस्टेनेबल बिकासको अबधारणाका कारण पनि परियोजनाले पूर्णता पाउन समय लागेको बताए । यिनै अबधारणाका कारण यो बस्तीमा सबैले अपनत्व महसूस गर्न सक्ने भन्दै यस्का लागि फाउण्डेशनलाई आर्थिक सहयोग गरेर मात्रै नभएर भावनात्मक रुपमा र परियोजनाका कुनै पनि अंशमा प्रत्यक्ष रुपमा आँफै सहभागी भएर पनि सहयोग गर्न सकिने बताए ।

योगदान दिनुहुनेमा अस्ट्रेलियाबाट होम गुरुङ, अनु भास्कर रेग्मी, कर्म डेमा, रुमीज मात्य, बिरेन्द्र गुरुङ, छेरिङ्ग डुक्पा, अनिल पौडेल, बिशाल अलिशा थापा, जिना नापित, सम्झना पन्डित, भवेश रेग्मी, रन्जु थापा खड्का, प्रगती लामिछाने, बिशाल कंडेल, दीपक हमाल, रुकेश राज श्रेष्ठ, जीवन कुमार घिमिरे, नव राज पौडेल, सुन्दर श्रेष्ठ, रोमन, उमेश भुर्त्याल, डिलियन न्यौपाने, बिकास लामिछने, भिस्म पाठक, गोबिन्द अधिकारि, रश्मी श्रेष्ठ, अमर शाह, अनुपम स्‍मृति कोइराला, सरोज पोखरेल, भुपेन्द्र राजबंशी, नवराज बानिया, पर्सुराम मेहता र अमेरिकाबाट केशब भन्डारी, कमल पोख्रेल र ओम दाहाल रहेका छन ।

कार्यक्रममा नेपाल आइडल सिजन १ की टप सातमा पर्न सफल प्रमिला राई, पुरानो राष्ट्रिय गानका रचयिता चक्रपाणी चालिसेका छोरा सूर्य प्रशाद चालिसे, पर्यटन ब्यबसायी बिजय कुमार ढकाल, ब्यबसायी एबं पत्रकार निलेश अधिकारी, अस्ट्रेलियन इन्जिनियर निकोलास, एनपी अनलाइन टिभिका सुरेन्द्र गुरुङ, इन्दु सिंह, किरण मास्के, चन्द्रु श्रेष्ठ आदिको उपस्थिति थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %