यही जेष्ठ ४गते बुद्ध पुर्णिामाको दिनदेखी घरघरमा बौद्ध झण्डा फहराउने अभियान चलाऔ !
टि बि पुन ।
बौद्ध झण्डाको ऐतिहासिकता ?
बौद्ध झन्डामा पाँच रंगहरु मिलेर बनेको हुन्छ – रातो, निलो, सेतो, पहेंलो र कलेजि रङ । बौद्ध झन्डाको पहिलो डिजाइनर बिख्यात अमेरिकी नागरिक बौद्ध विध्दान Henery steel Olcot थिए । उनले यो झण्डा सन १८८० मा निर्माण गरेका थिए । बौद्ध झन्डा सर्वप्रथम श्रीलंकामा फहराइएको थियो । श्रीलंका जब सन १८८४ मा बृटिस उपनिवेशबाट मुक्त भयो । त्यहाँ धार्मिक स्वतन्त्रता प्राप्त भयो र बौद्ध धर्ममा पुनर्जागरण आयो । अर्को बर्ष सन १८८५ मा श्रीलंकामा बौद्ध झन्डा गाडियो । श्रीलंका पुन बौद्ध देश भयो । त्यो बेला हेनरि वाल्कट महाशय श्रीलंका पुगेर ४०० भन्दा बढी बौद्ध स्कुलहरु खोले । हजारौं बुद्ध मुर्तिहरु स्थापना गरे ।
सन १९५० मा Old Buddhist federation ले यसलाई बौद्ध झन्डाको रूपमा मान्यता दिएपछि यो अफिसियल रूपमा world Buddha flag हुन पुग्यो । यो झन्डा निर्माणको श्रेय अमेरिकन नागरिक हेनरी वालकट महाशयलाई जान्छ ।
झन्डामा रहेको रंगहरुको प्रतिकात्मक अर्थ ?
(१) निलो रङ- बुद्धको केस, आकाश जस्तै निर्मल मन ।
(२) पहेँलो रङ- बुद्धको छाला वा चिवर, मैत्री र करुणा ।
(३) रातो रङ- बुद्धको रगत, बैचारिक शक्ति ।
(४) सेतो रङ- बुद्धको दात वा हड्डी, पवित्रता र शान्ति ।
(५) कलेजी रङ- बुद्धको कलेजो र हिर्दय, कोमलता ।
झन्डा राख्नाले हामीलाई हुने फाइदाहरु-
# बुद्धको देश नेपाल हो । हामी बौद्ध बुद्धका सन्तान अनुयायी हौं भन्ने चिनारी दिन्छ ।
# धार्मिक स्वदेशी नेपाली रास्टियता झल्कन्छ ।
# झन्डा देखेर आगन्तुक मगन्ते धर्मका ठगिहरु तर्सेर परै भाग्दछ्न । उनीहरुले हामीलाई धार्मिक प्रलोभन देखाएर ठगी गर्न सक्दैनन् ।
# धर्मप्रचारक धर्म प्रचार गर्न लाज मान्दछ्न, हिचकिचाउछ्न, डराउदछ्न । # हामीमा कुनै धार्मिक अन्योल, दुविधा र विचिकिच्छा हुँदैन । हाम्रो स्वाभिमान बढ्द्छ ।
# हामीमा रहेका सबै किसिमका धार्मिक रुढीबादी, कुरिति कुप्रथा अन्धबिस्वासहरु हटेर जान्छन् ।
# बिघ्नबाधा सबै किसिमका भय अन्तराय सतुत्राहरु हटेर जान्छन् ।
# घर परिवारमा शान्ति, करुणा, मेलमिलाप र मैत्रीपूर्ण भावना रहन्छ ।
# संसार कै गुरु बुद्ध भगवानलाइ घरमा स्थान दिन सकिन्छ ।
# मुर्खहरुको संगतबाट टाढै रहन सकिन्छ ।
# झन्डा फहराउनाले सितलता दिन्छ, शान्तीको वातावरण ल्याउदछ भने सबै किसिमका अशान्तीहरु हटद्छ।
भवतु सब्बमङगलम !