मगर जातिको विविध विषयहरुमा सेमिनार हुने !

Read Time:3 Minute, 11 Second

राज्यसत्ता संबादाता,
काठमाडौ ,चैत्र ६ – मगर जातिको विविध विषयहरुमा भैरहेका अध्ययन, अनुसन्धान तथा प्राज्ञिक कार्यहरुबाट प्राप्त नतिजा/कार्यपत्रहरुको प्रस्तुत गरी मिति २०७६ साल बैसाख २०/२१ गते काठमाडौमा “मगर सेमिनार” गरिने भएको छ ।
सो मगर सेमिनारमा मगर जातिको इतिहास, संस्कृति, भाषा, बसाई सराई, सामाजिक–आर्थिक अवस्था, ऐन नियम वा संविधानले मगर समाजमा पारेको प्रभाव, मगर संघसंस्थाको इतिहास, प्राकृति स्रोत र मगर पहुँच, मगर  जातिको रोजगारी, जिविको पार्जन, शिक्षा, स्वास्थ्य, पर्यटन, मगर बौद्ध दर्शन आदि मगरका विविध विषयमा अध्येताहरुले आफ्ना कार्यपत्रहरु प्रस्तुत गर्नेछन् ।
सो सेमिनारको व्यवस्थापन नेपाल मगर बुद्ध सेवा समाज ले गर्ने कुरा संस्थाका अध्यक्ष देउ बहादुर रानामगरले बताउनु भयो । उहाँका अनुसार कार्यपत्रहरुको संकलन तथा प्राज्ञिक कार्यको संयोजन नेपाल मगर  लेखक संघ, केन्द्रीय समितिका कार्यबाहक अध्यक्ष तथा विद्यावारिधी शोधार्थी विष्णु कुमार सिंजालीमगरले गर्नुहुनेछ र सम्पुर्ण कार्यक्रमको संयोजन संस्थाका उप–महासचिव भिम बहादुर गुरुछान मगरले गर्नुहुनेछ ।
उक्त सेमिनारको लागि प्रस्तोताहरुले आफ्नो कार्यपत्रको सारसंक्षेप (एब्स्ट्रयाक्ट) एकसय पचास देखि तीन सय शब्दभित्र लेखि प्राज्ञिक संयोजक विष्णुकुमार सिंजालीको इ–मेल bishnusinjali@hotmail.com र कार्यक्रमका संयोजक भिम बहादुर गुरुछानमगरको इ–मेल culturenepal2013@gmail.com  मा चैत महिनाको अन्त्यसम्ममा पठाउन सकिने र कार्यपत्र पत्र सेमिनारमा प्रस्तुतीका लागि छानिएको नछानिएको जानकारी सम्बन्धीत प्रस्तोतालाई बैसाखको पहिलो हप्ता दिइने जानकारी विष्णुकुमार सिङ्जालीमगरले दिनु भयो ।
यसै गरी सो सेमिनारमा प्रस्तोताले आफ्नो कार्यपत्र मगर भाषा, नेपाली र अङग्रेजी भाषामा गर्न सकिने जानकारी पनि गराइएको छ । मगर जाति सम्बन्धी गरिने सेमिनारले मगर जाति सम्बन्धी ज्ञान निर्माणमा सहयोग पुग्ने आशा संस्थाका अध्यक्षले गर्नुभयो र यस महान कार्यका लागि सबै पक्षको सरसहयोगको आवस्यकता रहेको पनि जानकारी दिनुभएको छ ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %