पाल्पामा निशुल्कः मृगौला डाइलाइसिस सुचारु !

Read Time:2 Minute, 46 Second

देब पचभैया
पाल्पा, फागुन ३० – पाल्पामा निशुल्क रुपमा मृगौला डाइलासिस सेवा आरम्भ भएको छ । तानसेन स्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा बिहिबार देखि निशुल्कः हेमोडाइलाइसिस सेवा सुचारु भएको हो । विश्व मृगौला दिवशको अवसरमा हेमोडाइलाइसिस सेवाको शुभारम्भ गरिएको कलेज संचालक समितिका कार्यकारी अध्यक्ष गोपाल बहादुर पोख्रेलले जानकारी दिनुभयो ।
लुम्बिनी मेडिकल कलेज, आरोग्य फाउण्डेश ललितपुर र रोटरी क्लव अफ पाल्पाको संयुक्त पहलमा मृगौला डाइलाइसिस सेवा संचालन गरिएको पोखे्रलको भनाई छ । उहाका अनुसार विभिन्न अस्पतालमा नियमित रुपमा डाइलाइसिस सेवा लिइरहेका नियमित विरामीहरुले आवश्यक प्रक्रिया पुरा गरी आएमा उनीहरुको समेत निशुल्कः डाइलाइसिस गरिने छ । झण्डै एक करोडको लागतमा संचालन गरिएको हेमोडाइलाइसिस सेवाको लागि अष्ट्रेलियन राजदुतावासबाट तीनवटा मेशिन उपलब्ध भएको जनाइएको छ । यसवाट  पाल्पा सहित छिमेकी जिल्ला स्याङ्गजा, गुल्मी, अर्घाखाँची, रुपन्देही , पर्वत लगायत जिल्लाका नागरिकले समेत यसको सेवा लिन सक्ने छन् । मेडिकल कलेजका डाक्टर तिलाचन पाण्डेले डाइलाइसिस सेवाका लागि  दक्ष, योग्य चिकित्सक रहेको  बताउनुभयो ।
डाइलाइसिस सेवा आरम्भ पछि बिहिबार नै सेवा लिनुभएका माथागढी–३ पाल्पाका इन्द्र बहादुर सारुले भैरहवा पुगेर डाइलाइसिस गर्दा वढी खर्च हुने गरेकोले अब घरबाट एक घण्टामै आएर निशुल्कः डाइलाइसिस गर्न पाएकोमा खुसी लागेको प्रतिकृया दिनुभयो ।
विरामी अवस्थामा डाइलाइसिसकै लागी धेरै टाढा जानुपर्ने बाध्यता रहेको भन्दै  अर्का मृगौला पीडित रम्भा गाउँपालिका–हुमिनका रामबहादुर कुवँरले जिल्लाकै यस्तो सुविधा उपलब्ध भएकोमा पैसाको बचत  संगै आफ्नो स्वास्थ्यलाई पनि धेरै फाईदा हुने बताउनुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %