रुपनदेही , १९ पुस – नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघ ५ नं प्रदेशको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न भयो ।
नेपाल मगर संघ केन्द्रिय समितिका भाषीक उपाध्यक्ष एबं ५ नं. प्रदेश सभाका प्रमुख ,मगर भूपू सैनिक/ प्रहरी संघको ईन्चार्ज समेत रहनु भएका दल बहादुर बिरकट्टा मगरज्यूको प्रमुख अथिति , नेपाल मगर संघ केन्द्रिय समितिका कोषाध्यक्ष कमला थापा र संघका केन्द्रिय अध्यक्ष हुम बहादुर थापा मगर विशेष अथिति हुनुहुन्थ्यो ।
अन्य अथितिहरूमा संघका सल्लाहाकार मेजर सिबि थापा, प्रदेश ३ का अध्यक्ष क्या. लाल बहादुर थापा मगर , नेपाल मगर संघ केन्द्रिय समितिका सदस्य चन्द्र बहादुर थापा मगर अथिति हुनुहुन्थ्यो ।
संघका केन्द्रिय सदस्य एबं ५ नं. प्रदेश संयोजक सु. गम बहादुर पुन मगरको सभापतित्वमा संघका महासचिव एबं मगर भूपू सैनिक ५ नं. प्रमुख क्या.भिम बहादुर राना मगरको कार्यक्रम सन्चालन र सु.मे. ज्ञान बहादुर थापा मगर बाट स्वागत मन्तब्य भएको थियो ।
औपचारिक कार्यक्रम पश्चात संघका के.स. कमला थापाको संयोजक र सु. जहर सिंह सारू मगर सदस्य र क्या. भिम राना मगर निर्बाचन मण्डलको सदस्य सचिबले निर्बाचन सम्पन्न गर्नु भएको थियो ।
अधिबेशनले अध्यक्षमा पाल्पा जिल्लाबाट सु.लालमने पुन मगर, उपाध्यक्षमा रुपनदेहीबाट सु.मे. ज्ञान बहादुर सलामी मगर, सचिबमा ना.सु.पदम बहादुर थापा मगर पाल्पाबाट र कोषाध्यक्षमा सु. लुम बहादुर थापा मगर गुल्मीबाट सर्बसम्मतबाट निर्बाचित हुनु भएको छ ।
सदस्यहरूमा:
क्या.धन बहादुर मिधुन मगर – कपालबस्तु,सु. टेक बिर घर्ती मगर -दांग,ह.क्या.कमल घर्ती मगर -दांग ,क्या.बल बहादुर थापा मगर – रूपन्देही र सु.मे.बेग बहादुर थापा मगर रूपन्देही निर्बाचित हुनु भएको छ ।
कार्यक्रमका प्रमुख अथितिज्यू बाट नव निर्बाचित कार्यसमितिलाई सपथ खुलाउनु भएको थियो ।
प्रमुख ,विशेष र अथितिज्यू हरू बाट नवनिर्बाचित कार्यसमिति सबैलाई बधाई तथा शुभकामना मन्तब्य दिनु भएको थियो ।
१ उपाध्यक्ष,१ संगठन सचिब, १ सह.कोषाध्यक्ष , र सदस्यहरूको पद राप्ती पारीका ६ जिल्लालाई दिने गरि र १ प्रचार सचिब समितिको बैठकले पदपुर्ति गर्ने गरि अधिवेशन सम्पन्न भएको छ ।
५ नं. प्रदेशमा जम्मा १२ जिल्ला रहेकोमा सबै जिल्ला बाट प्रतिनिधित्व हुने गरी हरेक जिल्ला बाट २/२ जना र ५ नं. प्रदेशको राजधानी रूपन्देही परेकोले ३ जना गरि जम्मा २५ जना निर्बाचित हुने निर्बाचन समितिका संयोजक कमला थापाले बताउनु भयो ।
