राज्यसत्ता सम्बादाता
दार्जलिङ- बहुप्रतिभाका धनी मास्टर मित्रसेन थापामगरको सालीक उनैको स्मृ ति दिवस (९ अप्रिल १९४६) पारेर अप्रिल २०१९ मा दार्जलिङमा अनावरण गरिंदै छ । मगर संघ युके केन्ट साखाका निबर्तमान अध्यक्ष बिजय हितानमगरलाई मगर संघ भारतद्वारा स्वागत तथा सम्मानार्थ राखिएको एक कार्यक्रममाझ मित्रसेन सालीक सम्योजन समितिका सचिव अजय थापाले उक्त जानकारी दिनुभएको थियो ।
वेष्ट बङगाल सरकारले दार्जलिङ चौरस्ता नजिकै जमिन उपलब्ध गराइसकेको र मास्टर मित्रसेनको पूर्णकदको सालीक पनि निर्माण भईसकेको छ । सालीक स्थापना स्थलमा जग बसाल्ने र अन्य प्रारम्भिक निर्माण कार्यहरु सम्पन्न भैसकेको तर सालीक स्थापना र ब्याबस्थापनार्थ कोश सङ्कलन गरिंदै गरेको सचिव थापाले जानकारी दिनुभयो । देश बिदेसमा रहनुभएका संगित तथा साहित्य प्रेमी सबै ब्यक्ती तथा संघसङ्गठनहरुलाई यस कार्यमा सक्दो आर्थिक सहयोग गरिदिनहुन पनि सचिव थापाले हार्दिक आव्हान गर्नुभयो ।
बिजय हितानले सालीक स्थापनार्थ यसै कार्यक्रमबिच भारतीय रुपैंया २५,००० सहयोग प्रदान गर्नु भयो । हितानले यस अघी सन २०१३ मा ‘मास्टर मित्र सेन र उनक सिर्जना’ पुस्तक प्रकाशनार्थ एक लाख रुपैंया काठमान्डु अवस्थित मित्रसेन प्रतिश्ठानलाइ प्रदान गरिसक्नुभएको छ । मास्टर मित्रसेनको साङ्गितीक र साहित्यिक प्रतिभालाई संसारमा चिनाउने अभिएन्ताहरुमध्ये हितान पनि एक हुनुहुन्छ । यसै सिलसिलामा हितान २०१६ मा मास्टर मित्रसेनको जन्मस्थल इन्डियाको भागसु धर्मशाला पनि भ्रमण गरिसक्नुभएको छ । अब मास्टर मित्रसेनको जिवनिमा आधारित एक उपन्यास लेखन तिर आफु लाग्दै गरेको पनि साहित्यकार हितानले बताउनुभयो ।
यस सालीक निर्माण कार्यमा वेष्ट बङगाल; दार्जलिङ, कालिम्पोङ, सिक्किमबासी संगित तथा साहित्यप्रेमी समुदाय र संगठनहरुको आर्थिक सहयोग रहेकोछ भने मगर संघ भारतले यस परीयोजनाको नेत्रुत्व गरिरहेको छ । यसै संस्थाको सान्स्कृतिक टोलिको अगुवाइमा मास्टर मित्रसेनका गीतहरुलाई पु:न संगित तथा स्वर सम्योजन गरेर ‘श्रदार्पण’ नामको गिती एलबम पनि निर्माण गरिएको छ । यस एलबमलाई सालीक अनावरण कार्यक्रमका दिन भब्य लोकार्पण गरिने योजना रहेको छ । आगामी २९ दिसम्बर २०१८ मास्टर मित्रसेन जयन्तीको दिन मास्टर मित्रसेन प्रतिश्ठानका अध्यक्ष त्रिलोकसिंह थापामगरद्वारा लिखित पुस्तक “मित्रसेनको परिचय” दोस्रो संस्करणको विमोचन गरिने अनि संकलित पैसालाई सालिग स्थापना कोषमा जम्मा गरिनेछ। उक्त पुस्तक प्रकाशनको निम्ति थापाबाट भारु २०,००० प्राप्त भैसकेको जानकारी भारत मगर संघका महासचिव अमिट थापामगरले जनाए।
उक्त अंतरकृया कार्यक्रममा भारतभित्र रहेका मगर संगठनहरुको छाता सङ्गठन- भारतीय राष्ट्रिय मगर समन्वय समितिका महासचिव बिष्णु रानामगर र सिक्किम मगर संघका महासचिव बिमल थापामगरलाई पनि स्वागत तथा सम्मान गरिएको थियो । संघको तर्फबाट सम्मान स्वरूप अतिथिद्वय बिजय हितानमगर अनि विष्णु रानामगरलाई भारत मगर संघका अध्यक्ष दिपक थापामगरको बाहुलिबाट एकएक स्मृति चिन्ह पनि प्रदान गरिएको थियो । कार्यक्रमलाई यसै संघका अध्यक्ष दिपक थापामगरले सभापतित्व गर्नुभएको थियो भने महासचिव अमित थापामगरले सन्चालन गर्नुभएको थियो ।