३ दिने सुत्केरी सहित ५ को मृत्यू , ४ घाईते
देब पचभैया
पाल्पा, मंशिर २७ – सुत्केरी बोकेर सदरमुकाम तानसेन बाट माथागढी गाउँपालीका ८ बहादुरपुर जादै गरेको जिप बिहिबार बेलुकी दुर्घटना हुदा पाल्पामा ५ जनाको ज्यान गएको छ । चार जना घाईते भएका छन् ।

पूर्बखोला गाँउपालीकाको आर्गिडाडा ओढारेमा लु १ ज ५६५३ नम्बरको जिप दुर्घटना हँुदा ३ दिनकी सुत्केरी २३ वर्षिया उनिसरा रुचाल, चालक २० वर्षिय बिरेन्द्र राना , ४४ वर्षिया यानी सरा गाहा, ४१ वर्षिया बुमा कुमारी दर्लामी र ७१ बर्षिय रेवत बहादुर जिसिको ज्यान गएको हो । ४ जनाको घटनास्थलमै र सुत्केरी उनिसराको उपचारको लागी सदरमुकाम तानसेन ल्याउने क्रममा ज्यान गएको घटनास्थलमा पुग्नुभएका पूर्बखोला गाँउपालीका वडा नम्बर २ का वडा अध्यक्ष निर बहादुर सारुले जानकारी दिनुभयो । मृतक सबै माथागढी ८ बहादुरपुरका हुन् ।
दुर्घटनामा परेका प्राय सबै तानसेन स्थित युनाईटेड मिशन अस्पतालमा सुत्केरी भएकी उनीसरालाई घर लिएर गएकाहरु हुन् । वडा अध्यक्ष सारुका अनुसार रातको समय र अप्ठ्यारो भिरमा दुर्घटना भएकाले घाईतेको उद्धार र मृतकको शब निकाल्न निकै कष्ट भएको थियो । घाईते देबसिंह गाहाका अनुसार बाटोमा खरायो भेटिएपछि सोही खरायोलाई लखेट्ने क्रममा जिप भितmामा ठोक्किएर दुर्घटना भएको हो ।
घाईतेहरु मृतक सुत्केरीका श्रीमान् २६ बर्षिय सान्त बहादुर रुचाल, ३ दिने शिसु , ४० बर्षिय सुरेन्द्र मश्राङ्गी र ३९ बर्षिय देब सिंग गाहाको तानसेन स्थित लुम्बिनी मेडिकल कलेज , प्रभासमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । बिहिबार बेलुकी ८ बजे तिर दुर्घटनामा परेको जिप सडक बाट झण्डै ५ सय मिटर तल झाडीमा खसेको प्रहरीले जनाएको छ । जिपमा ९ जना मात्रै सवार थिए ।
