मगर चलचित्रकर्मी पुर्बी नवलपरासीमा चेतन रजाली

Read Time:2 Minute, 1 Second

प्रेमध्वज गाहा मगर
पुर्बी नवलपरासी,  मंसीर २३ – नेपाल मगर चलचित्रकर्मी सँघ पुर्बी नवलपरासीको प्रथम अधिबेशनबाट चेतन रजाली मगरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ  ।

शनिबार कावासोतीमा सम्पन्न अधिबेशनले नयाँ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा अमर घर्ती मगर चयन हुनुभएको छ । त्यस्तै सचिवमा उमा घर्ती , कोषाध्यक्षमा कोट बहादुर बाचे मगर , र सह सचिवमा कमला मिधुन मगर चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा भने , दिपेन्द्र थापा मगर , कृष्ण राना मगर , कमल सुर्यबँशी मगर , दुर्गा सुनारी मगर , ओमकुमारी लुँगेली , योगमाया कानुङ, लेख बहादुर बाचे , फुलमाया पुर्जा , बिष्णु थापा मगर र बबिन गाहा मगर चयन हुनुभएको छ । कार्य समिति चयन हुनुअघि सम्पन्न औपचारिक कार्यक्रममा नेपाल मगर चलचित्रकर्मी सँघ पुर्बी नवलपरासी तदर्थ समितिका अध्यक्ष चेतन रजाली मगरको अध्यक्षता रहेको थियो भने नेपाल मगर चलचित्रकर्मी सँघका केन्द्रिय अध्यक्ष युवराज मास्की रानाको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा केन्द्रिय सदस्य सन्तोष पिठाकोटे मगर , नेपाल मगर सँघ पुर्बी नवलपरासीका अध्यक्ष इन्द्र फाल मगर , सँगठन  सचिव शत्रुघन थापा मगर लगायतको बिशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले आगामी दिनमा अझ राम्रा र स्तरीय चलचित्र बनाउनुपर्ने आवश्यकता रहेको बताएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %