२५ बर्ष मुनिका मगर युवालाईमात्र मदिरा निषेधित कार्यक्रम, माथिकालाई नि हजुर ?

Read Time:5 Minute, 43 Second

आज मगर संघको नेतुत्व वर्ग कुहिरोको काग भएको छ ।

टि बि पुन ।

नेपाल मगर संघका अध्यक्ष नवीन रोका मगरज्युले मगरको धर्म बुद्ध होइन भनी बोलेको केही दिन पछि २५ बर्ष मुनिका युवाहरुले जाड रक्सी सेवन गर्न नपाउने कार्यक्रम ल्याइने असोज ३ गतेको अन्नपूर्ण पोस्ट पत्रिकामा समाचार छापिए पछि मलाई पनि केही लेख्न मन लाग्यो ।पन्चशिल मध्य कै एक शिल बेहोसि हुने गरि मधपान नगर भन्ने बुद्धको शिक्षा अनुसरण गरेकोमा खुसी पनि लाग्यो ।

गाउँघरतिर यो उखान प्रचलित छ:- “माथी टाउको दुख्यो तल नाइटोमा मलहम ।” त्यस्तै “काम कुरो एकातिर कुमलो बोकि ठिमी तिर ” अहिले मगर संघको नेतुत्व वर्ग यस्तै उखान टुक्काको वरिपरि घुमिरहेको देखिन्छ । यसैमा फनफनी फेरो मारी रहेको छ । एक जना अङ्ग्रेजी बिद्वानले आफ्नो पुस्तकमा लेखेका छन :- “Running to achieve but no thing.” यसको नेपाली अर्थ हो :- कुनै चिज प्राप्त गर्न दौडिरहेको हुन्छ तर हात लाग्यो शून्य । आज मगर संघको नेतुत्व वर्ग कुहिरोको काग  भएको छ । म यहाँ मगर संघको जाडरक्सी मदिरा निसेधित कार्यक्रमलाई केही टेवा पुग्ने मेरा केही मगर भावना ब्यक्तिगत बिचारहरु मात्रै याहा व्यक्त गर्न चाहान्छु । मेरो सम्पर्कमा भएका कुनै गैरमगर वन्धुहरुले यसलाई अन्यथा नलिइदिनु हुनेछ ।

हामी मगर एउटै जाती भनिए पनि यस भित्र १ हजार भन्दा बढी थरउपथर छ्न । यस जाति भित्र जातीय विविधता छन । ३ भाषाहरु छन । यसैले भाषिक विविधता छ्न । मगर धेरै धर्म मान्दछन । त्यसैले धार्मिक बिबिधता छ्न । धेरै धर्महरु मान्ने भएकाले त्यो धर्मद्वारा निर्देसित बिबिध संस्कार संस्कृती मान्दछन । विभिन्न भूगोलमा बसोबास गर्ने भएकाले भुगोल फरक छ । सोचबिचार स्वभाव आस्था अर्थतन्त्र आदि फरक फरक हुन्छन् । यी जेसुकै हुन आज मगर पहिचान शब्दमा भने बाधिएका हुन्छन ।

तथागतले बताउनु भएको अनित्यता अथवा परिवर्तनशिलताका कारण् हामी फरक फरक स्वभावका हुन्छौं तर शरीर वा चारधातु धर्म हामी सबैको एउटै हुन्छ। तथागत बुद्धको सार्वभौम शिक्षा हामीले मनन गर्न सकेनौं भने हामी मगर मगर एक हौं भन्ने नारा केवल जातीय मात्रै अनि अबुझ र ढोङ्गी नै हुनेछ । आज हामीमा यहि वाक्य जस्तै भएका छौं :- “Running to achieve but nothing .

” आजभन्दा २६ सयबर्ष पुर्व नै तथागत बुद्धले ब्यक्ति र समाज सुधर्नका लागि ५ महत्वपूर्ण अनुसासन चाहिने कुरा बताउनु भएको छ । अर्थात पन्चशिल मानिसको अपरिहार्य जीवन जिउने कला हो भन्नुभएको छ । यहि कलालाई विपस्यना ध्यान बिधिद्वारा जीवनमा प्रयोग गरियो भने ब्यक्ति परिवार र समाज सुखी खुसी अनि उन्नत रहन्छ भन्ने कुरा तथागतले बताउनु भएको छ । यस्तो महत्त्वपुर्ण ५ रत्नलाइ चिन्न नसक्नु यो हामी मगर समाजको अज्ञानता हो ।

बुद्धले दिनुभएको ५ शिल अनुसासन विपस्यना ध्यान विधिको माध्यमद्वारा जिवनको सार्थकता तबमात्र प्रत्येक्ष बोध गर्न सकिन्छ ।

पन्चशिल धर्म हुन –

(१) कुनै पनि प्राणी हिंसा नगर ।

(२) झुठो कुरा नबोल ।

(३) कसैको चोरी नगर ।

(४) ब्यभिचार नगर ।

(५) लागु पदार्थ सेवन नगर ।

जीवन जिउने कला सिकाइने १० दिने विपस्यना ध्यानमा पनि तथागतद्वारा उपदेसित यी पन्चशिल कडाइका साथ पालना गरिन्छ्न । अन्य थप ३ शिल गरि अस्टशिल ८ नियम पालना हुन्छ । यो बिस्वब्यापी मान्यता हो ।

मगर संघका नेतुत्व वर्गले बुद्ध शिक्षा र विपस्यना ध्यान नबुझेका कारण कमसेकम एक शिल २५ बर्ष मुनिका युवा मगरले जाड रक्सी नपिउने आदेश दिनु पनि सकारात्मक कुरो हो । के २५ बर्ष माथिकाले पिउनु हुन्छ त ? यसले के कुरा खुला गरेको छ भने सायद आफुहरु २५ बर्ष माथी उमेरको भएकोले आफ्नो स्वार्थलाई ख्याल गरि यो नियम बनाउन खोजिएको हुन सक्दछ । सबै उमेर तहका लागि उपयुक्त हुने समाजलाई पन्चशिला धर्मको जबसम्म पुर्ण शिक्षा दिइदैन । हाम्रो समाज अनि हाम्रो सोच शैलि यस्तै यथास्थिति रहनेछ। भनिन्छ नि ” घुमिफिरी रुम्जाटार ” भनेझैं ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %