आदिकवि रेखबहादुर स्मृति साहित्य पुरस्कारबाट थापा र आले सम्मानित !

Read Time:3 Minute, 56 Second

प्रेमध्वज गाहा मगर

दमौली,२९ भदौ,  रेख बहादुर सारु स्मृति साहित्य पुरस्कार २०७५ ,बाट मगर भाषाका अग्रज साहित्यकार शिबलाल थापा मगर र संस्कृतिबिद यम बहादुर आले सम्मानित हुनुभएको छ  ।                                                 

मगर भाषाका आदिकबी स्वर्गीय रेख बहादुर सारुको ७५ औं जन्म जयन्तीका अबसरमा , बिहीवार तनहुंको दमौलीमा एक कार्यक्रमको आयोजना गरि थापा र आलेलाई सम्मान गरिएको हो । नेपाल मगर संघ तनहुंको मुख पत्रका रुपमा प्रकाशित  मगर भाषाको पहिलो साहित्यिक पत्रीका ञ सेहेच लामाङ हुइ २०३९ झ का लागी वहांहरुलाई सम्मान गरिएको रेख बहादुर स्मृति साहित्य  प्रतिष्ठानले जनाएको छ ।   पुर्ब मन्त्री समेत रहनुभएका थापा र आले पत्रीकाका तत्कालिन सम्पादक द्वय हुनुहुन्छ  । सम्मान कार्यक्रममा  , पञ्चायतकालिन कठिन समयमा पनि  मगर भाषाको पहिलो पत्रीका प्रकाशन गरेकोमा सम्मानित द्वयको उच्च प्रशंसा गरिएको थियो । 

त्यसैगरी कार्यक्रममा  पत्रिकाका अर्का सम्पादक स्वर्गीय  ले। मान्ध्वज राना र स्व। तुल बहादुर किजिमलाई  पनि मरणोपरान्त सम्मान गरिएको छ ।   त्यस्तै ,उक्त अबसरमा आदिकबि पुत्र शिबकुमार सारुलाई पनि सम्मान गरिको थियो ।  सम्मानित थापा र आलेले रेख बहादुर सारु स्मृति साहित्य पुरस्कारबाट आफुहरु सम्मानित हुन पाउंदा खुशी लागेको र जिम्मेवारीको महसुस समेत भएको प्रतिक्रिया ब्यक्त गर्नुभएको थियो ।                                  

रेख बहादुर सारु साहित्य प्रतिष्ठानका अध्यक्ष खड्क बहादुर आलेको अध्यक्षता एवम गण्डकी प्रदेशसभा सदस्य  माननीय सरिता गुरुङको प्रमुख आतिथ्यतामा  सम्पन्न  कार्यक्रममा                 तनहुँका प्रमुख जिल्ला अधिकारी  भरत कुमार शर्मा ,अधिवक्ता इन्द्र्कुमारी थापा लगायतका ब्यक्तित्वहरुको आतिथ्यता रहेको थियो । 

यसैबिच कार्यक्रममा कबिता प्रतियोगिता  समेत सम्पन्न भएको छ । प्रतियोगितामा नवीन थापा प्रथम ,बसन्ती सारु मगर द्वितीय र प्रदीप राना तृतीय भएका थिए । विजेताहरुलाई प्रमुख अतिथी  माननिय सरिता गुरुङ्ले नगद तथा प्रशंसा पत्र प्रदान गर्नुभएको थियो । प्रतियोगितामा ९ जना मगर भाषाका कविहरुले भाग लिएका थिए । रेख बहादुर सारु स्मृति साहित्य  प्रतिष्ठानकि सचिब रिमा आले मगर र विजय थापाले संयुक्त रुपमा कार्यक्रम संचालन  गर्नुभएको थियो भने  मगर लेखक संघ तनहुँका अध्यक्ष बादल आले मगरले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

Image may contain: 7 people, people standing

कार्यक्रममा    प्रतिष्ठानका सदस्य मधुसिं थापा मगरले सारङगीको धुनबाट उपस्थित सबैलाई मन्त्रमुग्ध पारेका थिए । त्यसैगरी नेपाल मगर विद्यार्थी संघ तनहुँका विद्यार्थीहरुले कौराहा  नृत्य  प्रस्तुत गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %