राज्यसत्ता संबादाता
दमौली , २८ भदौ २०७५ – नेपाल मगर संघ जिल्ला समन्वय समिति तनहुँ र नेपाल मगर युवा संघ तनहुँको संयुक्त आयोजनामा आयोजित गोरेबहादुर खपाङ्गी स्मृति कप २०७५ को प्रदेश स्तरिय सेभेन ए साइड नक आउट फुटबल प्रतियोगिताको उपाधि नवयुवा क्लव भादगाउँले हात पार्न सफल भएको छ ।
केएमसिटी कालिकामार्गसँगको प्रतिष्पर्धामा नवयुवा क्लवले ३ का विरुद्ध ४ गोल गरेपछि उक्त कप हात पार्न सफल भएको हो । दोस्रो हाफ टाइमसम्म दुबै पक्षले गोल गर्न नसकेपछि पेनाल्ट्री खेलमा नवयुवा क्लवले चार गोल गरेको थियो । फुटबल प्रतियोगिताको विजेता बनेको नवयुवा क्वलले रु. ७७ हजार, कप, मेडल प्रमाणपत्र हात पारेको छ । उपविजेता केएमसिटी कालिकामार्गले ४९ हजार नगद, मेडल ट्रफी, प्रमाणपत्र हात पारेको छ । बिजेता र उपबिजेता टीमलाई कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले विजयी टीमलाई पुरस्कार प्रदान गरेका थिए ।
सो अवसरमा बोल्र्दै नगर प्रमुख न्यौपानेले खेलकुद क्षेत्रको विकासको लागि नगरपालिका सदैब सकारात्मक रहेको बताए । कार्यक्रममा तनहुँका प्रमुख जिल्ला अधिकारी भरतकुमार शार्म, प्रहरी उपरीक्षक शिद्धीविक्रम शाह, गोरेबहादुर खपाङ्गी फाउण्डेशनका अध्यक्ष हुमबहादुर थापामगरले धारणा राखेका थिए ।
नेपालका महान बिचारक स्व. गोरेबहादुर खपाङ्गी मगरको दोस्रो स्मृति दिवशको अवसरमा नेपाल मगर संघ जिल्ला समन्वय समिति तनहुँ र नेपाल मगर युवा संघ तनहुँको संयुक्त आयोजनामा आयोजित प्रथम गोरेबहादुर खपाङ्गी स्मृति कप २०७५ को सेभेन ए साइड नक आउट फुटबल प्रतियोगिता भदौ ११ देखि १८ गतेसम्म सञ्चालन भएको थियो । उक्त प्रतियोगितामा ३८ टिमले सहभागिता जनाएका थिए ।
फुटबल प्रतियोगिता भदौ ११ गतेका दिन तनहुँ क्षेत्र नं. १ का प्रतिनिधिसभाका सांसद माननीय कृष्ण कुमार श्रेष्ठ र नेपाल मगर संघ , केन्द्रिय समितिका अध्यक्ष नबिन रोका मगरले संयूक्त रुपमा उद्धघाटन गरेका थिए । नेपाल मगर युवा संघ तनहुँका अध्यक्ष एबं आयोजक केहरसिं आले मगरले प्रतियोगिता सफल भएको प्रतिक्रिया दिए ।
यो प्रतियोगिता प्रदेश स्तरिए भएकोले आगामी बर्ष प्रदेश ४ भित्रपर्ने कुनैपनि जिल्लामा खेलाईने र जो कोही जिल्ला तयार नभए पु:नह तनहुँमानै खेलाइने प्रतियोगिताका संयोजक मोहन बहादुर राना मगरले राज्यसत्तालाई प्रतिक्रिया दिए ।
खेल भब्य र सब्य सफलपार्न खेलअवधिभर अहोरात्र खटेका मोहन राना मगर, एच.बि थापा मगर,तिलक राना मगर,रिखबहादुर थापा मगर,बिष्णु अस्लामी मगर,सरुना थापा मगर,सिजन थापा मगर लगाएत मगर बिध्यार्थी संघ र संपूर्ण तनहुँबासीलाई आयोजकको तर्फ देखि (बादल) केहरसिं आले मगरले धन्यबाद दिएका थिए । खेल अवधिभर MUKUD.COM र फोटो पत्रकार फलबहादुर थापा मगरले मिडिया पाट्नरको भूमिका निभाएका थिए ।
फोटो: MUKUD.COM
(समचार ‘उद्धघोष सम्वाददाता’को सहयोगमा)