रेखबहादुर सारु स्मृति पुरस्कार बाट थापा र आले सम्मानित हुने ।

Read Time:1 Minute, 39 Second

प्रेमध्वज गाहा मगर       

तनहुं , भदौ २५ – मगर भाषा साहित्यका आदिकबी स्वर्गीय रेख बहादुर सारु मगर स्मृति पुरस्कार ञ मिरिक साहित्य पुरस्कार झ बाट पहिलो पटक श्रष्टाहरु शिबलाल थापा मगर र यम बहादुर आले सम्मानित हुनुहुने भएका छन ।
Image may contain: 1 person, text

तनहुं बाट प्रकाशित भएको मगर भाषाको पहिलो पतृका ञसेहेचो लामाङ ह्वाइङ ३०३९झ का तत्कालीन सम्पादक द्वय थापा र आलेलाई सम्मान गर्न लागिएको हो । 

वहांहरुलाई आगामी भाद्र २८ गते आदिकबिको ७५ औं जन्मजयन्तिको   अवसरमा तनहुँको दमौलीमा आयोजना हुन लागेको कार्यक्रममा सम्मानित गरिने आदिकबी रेख बहादुर सारु मगर स्मृति साहित्य प्रतिष्ठानका अध्यक्ष खड्क बहादुर आलेले जानकारी दिनु भयो ।

प्रतिष्ठान तनहुं  र मगर लेखक संघ तनहुंको संयुक्त आयोजनामा हुने कार्यक्रममा थापा र आलेलाई जनही कदर  पत्र तथा दोसल्ला ओढाएर सम्मानित गरिने छ ।

कार्यक्रममा पुरस्कार स्थापनाको औपचारिक रुपमा घोषणा समेत हुने प्रतिष्ठानका अध्यक्ष आलेले बताउनुभयो। सम्मान कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति समेत रहने पनि वहाँले जानकारी दिनुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %