खड्क सारु मगर
काठमाण्डौ,भदौ १४ गोरेबहादुर खपाङ्गी फाउण्डेशनद्धारा मिति २०७५ साल भाद्र ११ गते गोरेबहादुर खपाङ्गीको दोस्रो स्मृतिदिवस संपन्न भएको छ । फाउण्डेशनको अध्यक्ष हुमबहादुर थापा मगरको अध्यक्षतामा महिला बालबालिका तथा जेष्ठ नागरिक माननीय मन्त्री थममाया थापाको प्रमुख आतिथ्यतामा प्रज्ञा भवन कमलादी काठमाण्डौंमा सम्पन्नभयो ।
विशेष अतिथिमा खपाङ्गीको अर्धाङ्गिनी विद्याखपाङ्गी रहनु भएको थियो भने अतिथिहरुमा पूर्वमन्त्री बलाराम घर्तिमगर, संघिय समाजवादीफोरम नेपालका सह–अध्यक्ष एब पूर्वमन्त्री माननीय सांसद राजेन्द्र श्रेष्ठ, पूर्वमन्त्री देवीप्रसाद ओझा, नेपाल राष्ट्रिय शिक्षक संगठनका संस्थापक अध्यक्ष बद्रीप्रसाद खतिवडा, नेपाल मगर संघ तथा नेपाल जनजातिमहासंघका संस्थापक महासचिव सुरेश आलेमगर, प्रा.डा. श्रीराम प्रशाद उपाध्याय, आदिवासीजनजाति महासंघका पूर्व महासचिव प्रा.बालकृष्ण माबुहाङ, नेपालीकाँग्रेसका पूर्व सांसद आनन्द सन्तोषी राई राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष के.पी. पालुङ्वा, लिवरल डेमोक्रेटीक पार्टीका अध्यक्ष गणेशवल तामाङ्ग नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुन मगर हुनुहुन्थ्यो । २०३० देखि २०३६ साल सम्म गोरेबहादुर खपाङ्गी प्रधानाध्यापक रहेका तत्कालिन रामेछाप जिल्लाको सदरमुकाम रामेछाप डाँडामा अवस्थित गौरीशंकर मा.वि.हालउच्च मा.वि.का प्रधानाध्यापक निरबहादुर कार्की,नेपाल मगर संघका पूव अध्यक्ष क्या. यमबहादुर बुढाथोकी मगर, मगर बुद्ध सेवा संघका केन्द्रिय अध्यक्ष देउबहादुर राना मगर,पि.ए नेपालका ईन्दिरा राना मगर, आदिबासी जनजाति अपांग महासंघका अध्यक्ष खड्क सारु मगर, फउण्डेसनका सल्लाहाकार अधिबक्ता गौबहादुर आले मगर,राष्ट्रिय समचार समितिका पूव माहानिर्देशक खिलध्वज थापा मगर ,मा.मित्रसेन प्रतिष्ठानका अध्यक्ष त्रिलोक थापा मगर, नेपालका प्रथम शहिद लखन थापा मगरका उपाध्यक्ष उमेश राना मगर, आदिकबी जितबहादुर सिंगजाली प्रतिष्ठानका अध्यक्ष शंजोग लाफा मगर,मगर बुद्ध संघ हंगकंगका अध्यक्ष एम.बि.थापा दर्लामी मगर , मगर संघ यू.केका सल्लाहाकार सरिता पुलामी मगर ,नेपाल मगर महिला संघका संस्थापक अध्यक्ष बम कुमारी बुढामगर, नेपाल मगर संघका अध्यक्ष बिनिता आले मगर, मगर सास्कृतिक संघका अध्यक्ष कबिराज मगर,नेपाल मगर यूबा संघका उपाध्यक्ष संगीता पुलामी मगर लगायत मगर संघका बिभिन्न संगठनका प्रमुखहरुको उपस्थित रहेको थियो ।
प्रमुख
अतिथि माननीयमन्त्री थममायाथापाले उद्दघाटन मन्तव्यको क्रममा जब गोरेबहादुरले आफ्नो समाजलाई चिन्नथाल्नु भयो र समाजमा शोषण उत्पीडिन छ त्यसको अन्त्यहुनु पर्दछ भन्ने सोचका साथ पछाडि परेको वर्गको समुदायको उत्थान गर्ने कार्यमा सहभागिहुनेक्रमउहाँले जेलनेलका साथै आरोप प्रत्यारोप खेप्नु भयो । सुरुमा बामपन्थीआन्दोलनको दौरानमालाग्दै गर्दा आफू जन्मे हुर्केको समाज अर्थात मगर समाजको पनिउत्थान हुनुपर्दछ भनेर मगर संघको स्थापनाकालदेखि भाषिक धार्मिक साँस्कृतिक अधिकार मुद्दालाई राज्यको मुलप्रवाहमाल्याउन नेतृत्वदायीभुमिका पनि निर्वाह गर्नुभयो । उहाँले उठाएको मुद्दा अहिले सत्यसावितभएको छ । हामीले उहाँले उठाएको मुद्दालाई सच्चारुपले बहस र छलफल गर्दै आमसमुदायबिच पु¥याउने काम गरेको खण्डमामात्र गोरेबहादुर खपाङ्गीप्रति सच्चा सम्मान भएको ठहरिनेछ ।
यस कार्यमा फाउण्डेशन सक्रियताकासाथ लाग्नेछ त्यसको लागि मेरो व्यक्तिगत एवं नेपाल सरकारबाट गर्न सकिने सहयोग रहनेछ । उपस्थित अन्य अतिथि वक्ताहरुले गोरेबहादुर खपाङ्गीले राज्यबाट विभेदमा परेका जाति समुदायको उत्थान र उनिहरुको सामाजिक आर्थिक राजनीतिक एवं शैक्षिक परिवर्तनको लागि गरेको योगदानको चर्चा गर्दै उहाँको व्यक्तित्वको बारेमा मन्तव्य राख्नुभएको थियो । सो अवसरमा खपाङ्गीको बारेमा विभिन्न समयमा पत्रपत्रिका र छापामा प्रकाशित लेखहरुलाई समेटेर पुस्तकको रुपमा गोरेबहादुर खपाङ्गी–स्मारिका २०७५ प्रमुख अतिथि माननीय मन्त्री थममाया थापा मगरज्यूले विमोचन गर्नु भएको थियो ।
खपाङ्गीको दुर्घटना पश्चात उपचारको क्रममा फाउण्डेशनलाई अतुलनिय आर्थिक एव विभिन्न प्रकारका सहयोग गर्ने संघ – संस्था तथा व्यक्तिहरुलाई सम्मान गर्नुका साथै फाउण्डेशनका संरक्षक र आजिवन सदस्यहरुलाई प्रमाण पत्र वितरण समेत गरिएको थियो ।
संस्थाका महासचिब भाबेश भूमरीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने संस्थाका सदस्य बिष्णु सिंजालीले स्व. नेता खपाङ्गीको जिवानी सहित प्रकाशीत स्मारिकाको बारेमा जानकारी र स्वागत मन्तब्य दिनुभएको थियो ।
कार्यक्रमको अन्त्यमा फाउण्डेशनका अध्यक्ष ह’मबहाद’र थापा मगरले स्मृतिग्रन्थ प्रकाशन गर्न लेखहरु आउने क्रमजारी रहेकोले निकट भबिश्यमा प्रकाशन गर्ने गरी यस पटक नेता खपांगीको मृत्यु पश्चात बिभिन्न पत्रपत्रिकामा प्रकाशीत लेखहरुको संगालो गोरेबहादुर खपाङ्गी–स्मारिका २०७५ प्रकाशीत भएको सभालाई जानकारी दिनुभएको थियो ।
साथै स्व. गोरेबहादुर खपाङ्गीको नाममा एक करोड रुपैया बराबरको अक्षयकोष खडा भएको अध्यक्षले जानकारी दिदै प्रत्येक बर्ष गोरेबहादुर खपाङ्गीको नाममा प्राज्ञीक पुरस्कार , गोरेबहादुर खपाङ्गी स्मृति छात्रबृत्ती पुरस्कार र गोरेबहादुर खपाङ्गी स्मृत्ती प्रतिभा पुरस्कार एक एक जनालाई आगामी बर्ष देखि दिने जानकारी दिनुभयो ।
फोटोहरु : कमला थापा र ज्ञानेन्द्र पुन मगरको फेसबुक बाट लिईएको ।
(नोटः आगामिदिनहरुमा विशेष अतिथि र अतिथिहरुको मन्तव्य युट्यूब तथा यसै राज्यसत्तामा प्रकाशन गरिनेछ )
फोटो हेर्न लिङ्क थिच्नुहोस् :
महान बिचारक खपांगीको दोस्रो स्मृति सभा – २०७५ यसरी मनाइयो.