बक्तृत्वकला प्रतियोगिता सम्पन्न

Read Time:2 Minute, 42 Second

गोबिन्द घर्ती मगर

भदौ ११ । रुपन्देहीको देवदह–४, भवानीपुरमा जुनियर युवा, दीगो विकासमा पु¥याउछ टेवा भन्ने विषयक उपशाखा स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी देवदह उपशाखाको आयोजना, नेपाल युवा रेडक्रस सर्कलको सहआयोजना र महामाया भवानी माध्यमिक विद्यालयको आतिथ्यतामा उक्त प्रतियोगिता सम्पन्न भएको हो । १२ वटा उपशाखाहरुको सहभागिता रहेको प्रतियोगितामा बुद्धपव्लिक आवासीय माध्यमिक विद्यालयका दिया न्यौपाने प्रथम, देवदह मदरटङ्गस एकेडेमीका लक्ष्मी थापा द्धितिय, सगरमाथा आवासीय माध्यमिक विद्यालयका कृतिका अर्याल तृतिय, जनता माध्यमिक विद्यालयका सविना पोखरेल र केरवानी माध्यमिक विद्यालयका राहुन सापकोटा सान्त्वना भएको छ ।
सो अवसरमा बोल्ने वक्ताहरुले वक्तृत्वकला प्रतियोगिताले विद्यार्थीहरुमा रहेको प्रतिभा प्रस्फुटन गर्न मद्दत पुग्ने बताएका थिए । उनीहरुले दीगो विकासमा युवाहरुको भूमिका महत्वपूर्ण रहनेमा जोड दिएका थिए । नेपाल युवा रेडक्रस सर्कलका अध्यक्ष गणेश डुम्रेको अध्यक्षतामा भएको कार्यक्रममा देवदह–४, का वडा अध्यक्ष दिपक चापागाई, नेपाल रेडक्रस सोसाईटी देवदह उपशाखाका सभापति कृष्ण प्रसाद न्यौपाने, महामाया भवानी माध्यमिक विद्यालयका प्रार्चाय दिनानाथ अर्याल, नेपाल भारत मैत्री संघका उपाध्यक्ष वासुदेव रिमाल, देवदह मदर टङ्गस एकडेमीका राम बहादुर गुरुङ, ग्रिनप्लान्ट आवासीय माध्यमिक विद्यालयका राजिव सापकोटा, नारायणी पव्लिक माध्यमिक विद्यालयका प्रेम नारायण केवट लगायतले आ–आफन भनाई राखेका थिए ।
प्रथम र द्धितिय हुने विद्यार्थी रुपन्देहीको मणिग्राममा हुने प्रतियोगितामा सहभागिता जनाउन पाउने सोसाईटीले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %