ज्ञानेन्द्र पून मगर

काठमाण्डौ , सावन २२ – नेपाल मगर संघ केन्द्रिय समितिले आज (२०७५/०४/२२गते) काठमाडौंमा २४औ विश्व आदिबासी दिबशको अबसरमा “मगरात पहिचान र आदिबासी जनजाति सवाल ” विषयक बिचार गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ ।

निबर्तमान सभामुख एवम बर्तमान प्रतिनिधि सभा सदस्य माननीय ओनसरी घर्तीमगर ज्युको प्रमुख आतिथ्यता र जनजाति महासङ्घको महासचिव नित्यानन्द ताजपुरियको बिशेष आतिथ्यता मा भएको कार्यक्रममा संघको सस्थापक महासचिव सुरेश आलेमगरले “मगरात पहिचान”, सङ्घिय मामिला मन्त्रालयका सहसचिव रुद्रसिह तामाङले स्थानिय सरकारको निति तथा कार्यक्रम बारेमा र मगर कर्मचारी संघका अध्यक्ष तिलबहादुर थापामगरले लोकसेवा को समावेशी नितिको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा “नाइस म्यागाजिन (त्रैमासिक)” बिमोचन गरिएको थियो ।

नाईस मिडिया नेटवर्क को ब्यबस्थापनमा चलेको कार्यक्रमको अध्यक्षता संघको अध्यक्ष नबिन रोकामगरको अध्यक्षता र संघको उपाध्यक्ष गङ्गा खासुमगरको स्वागतमा र संघको महासचिव महासचिब ज्ञानेद्र पुनमगरको संचालनमा भब्यताको साथ सम्पन्न भएको थियो । 
कार्यक्रममा काठमाडौं उपत्यकामा कृयाशिल सबै संघसस्थाको सहभागीता रहेको थियो ।
