मगर साहित्यमा मगर पन गोष्ठी सम्पन्न !

Read Time:1 Minute, 27 Second

राज्यसत्ता,

काठमाडौं , सावन १९ – मगर साहित्यमा मगर पन चेतना अभिवृद्धि कार्यक्रमको उदघाटन मन्तव्यमा माननीय मन्त्री श्री थममाया थापा मगरले मगर भाषा साहित्यको विकास हुन सकेमा मगर भाषाको समृद्धी हुने कुरामा जोड दिनु भयो ।Image may contain: 6 people, including Sanjog Laaphaa Magar, Tham Maya Thapa, Dal Bahadur Vircatta Magar and Deo Rana, people sitting

नेपाल मगर संघ भाषिक उपाध्यक्ष दलबहादुर विरकट्टा मगरको अध्यक्षतामा सम्पन्न अमृत योञ्जन–तामाङले प्रस्तुत गरेको ‘नेपालमा भाषिक मानवअधिकारको स्थिती’ कार्यपत्रमा लोकबहादुर थापा मगरले टिप्पणी र सञ्जोग लाफा मगरद्धारा प्रस्तुत ‘मगर साहित्यको इतिहास’ कार्यपत्रमा विष्णु सिंजाली मगरले टिप्पणी गरेका थिए ।

मगर साहित्य कृति १७३ वटा प्रकाशन र नेपालमा एकल भाषाको शक्तिले मातृभाषा दिनप्रतिदिन सङ्कटवस्थामा पुगेको निचोड थियो । जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानद्धारा आयोजित कार्यक्रम समाज कल्याण परिषदको आर्थिक अनुदानमा भएको थियो ।

कार्यक्रम तमु बौद्ध समाज आनम नगरको सभाहलमा सम्पन्न भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %