हुबिमगर र खड्क सारुमगर
काठमाण्डौ, सावन १२ – शिबशंकर थापा मगर २०७४ सालको छिन्नलता गीतपुरस्कारद्धारा विषेश सम्मानित हुनु भएकोछ ।
थापा मगर गीत रचना विधामा बिशेष सम्मान हुनु भएको हो । बिशेष सम्मानतर्फ थापा मगर र गायन विधामा शान्ति ठटाल सम्मानित हुनु भएको हो । उहांहरु दुबैजनाले जनही ५० हजार रुपैया र सम्मानपत्र प्रमुख अथिति प्रधानमन्त्री खड्क प्रशाद ओलीले प्रदान गर्नु भएको थियो ।
छिन्नलता गुठी पुरस्कार बाट पुरस्कृत हुने अन्य कलाकारहरुमा गीतरचना विधामा ज्ञानेन्द्र गदाल,संगीत विधातर्फ बशन्त क्षेत्री, गायन विधातर्फ संगीता राना मगर प्रधानले जनही ५० हजार रुपैया र सम्मानपत्र प्राप्त गर्नु भयो । नव प्रतिभा विधातर्फ मेलिना चाम्लिंग राई र राजन सिबाकोटीले संयूत्तरुपमा ३५ हजार रुपैया र सम्मानपत्र प्राप्त गर्नु भएको थियो ।
प्रा.डा. बाशुदेब त्रिपाठीको अध्यक्षतामा कार्यक्रमका प्रमुख अथिति प्रधानमन्त्री खड्क प्रशाद ओली हुनुहुन्थ्यो । अन्य अथितिहरुमा छिन्नलता गुठीका सदस्य मनानीय सांसद कमल ओली ,राष्ट्रियसभा , बिशीष्ठ संगीतकार शम्भुजित बास्कोटा,संगीत नाट्य प्रतिष्ठानका सदस्य सचिब गणेश रसिक , छिन्नलता गुठीका सचिब प्रा.डा ठाकुरप्रशाद पराजुली, ज्योती राज्य लक्षिमी लगाएतका बिशिष्ठ पाहुनाहरुको मञ्चमा मञ्चाशिन थियो । कार्यक्रमको सहजिकरण नरेश भट्राईले गर्नु भएको थियो ।
प्रतिभाशाली श्वरकी धनी गायिका मेलिना राई र अर्का प्रतिभशाली गायक राजनराज सिवाकोटीले कुटुमा कुटु सुपारी दाना बोलको गीत गाउनु भएको थियो भने संगीता राना मगर प्रधान, बरिष्ठ गायक आनन्द कार्की ,हास्यकलाकार जितु नेपालले कार्यक्रममा भरमुर मनेरञ्न दिनु भएको थियो ।
गीता त्रिपाठीबाट सम्मानीत सबै कलाकारहरुको संक्षिप्त परचिय पस्किनु भएको थियो । छिन्नतला संगित बाट सम्मानित हुनेहरुको संक्षिप्त परचय यसप्रकारकोछ ।
प्रसिद्ध गीतकार शिव शंकर थापा मगरलाई विषेश पुरस्कार :
धनकुटामा जन्मनु भएका वरिष्ठ गीतकार शिव शंकर थापा मगर नेपाली आधुनिक गीतका अत्यन्त सफल गीतकार हुनुहुन्छ । माता महालक्ष्मी र पिता सिद्धिभक्त थापा मगरको सुपुत्र शिव शंकर थापा २०२० सालदेखि नेपाली कविता र गीत रचनामा निरन्तर लागि उच्च लोकप्रियता प्राप्त गर्ने गीतकारको रुपमा सम्मानित हुनुहुन्छ । उहाँको चर्तित गीतहरुः झरीको आँसुलाई, विधुवालाई सिन्दुरको रहर, तिमी आकासको जुन, भयो भन्थिन उनि , सपनालाई आदि रहेका छन् । गायक दिपश्रेष्ठ ज्यूले उहाँको थुप्रै गीतहरु गाउनु भएको छ । यसै क्रियासिल जिवन बिताउँदै आउनु भएका संगितकार थापा मगर विभिन्न संघ संस्थामा अध्यक्ष पदमा रही कला साहित्य उत्थानमा योगदान दिदै आउनु भएको छ ।
हाल पूर्वाञ्चल कलाकार समाजका अध्यक्ष रहनु भएका थापा भन्थिन उनि मेरी शिर्षकमा दुई कृतिहरु एउटा संस्मरण एउटा गीत संग्रह प्रकाशित गर्ने तर्खरमा हुनुहुन्छ । उहाँले नेपाली गीत संगितमा पु¥याउनु भएको योगदानको उच्च मुल्यांकन गरि उहाँलाई छिन्नलता सम्मान २०७४प्रदान गरिएको छ । यस सम्मान कार्यक्रममा यहाँको गरिमामय उपस्थितप्रति हार्दिक आभर व्यक्त गर्दै यहाँको सिर्जना यात्राको उत्तोत्तर सम उन्नति र सुदिरपदका लागि हार्दिक सुभकामना व्यक्त गर्दछौं ।
संगित विशेषज्ञ शान्ति ठटाललाई विषेश पुरस्कार :
जो अघि राष्ट्रिय गान बज्दै गर्दा पनि मैले उहाँलाई धेरैबेर हेरेको थिएँ । संगितकार संगित विशेषज्ञ अमर गुरुङ्ग दाजुसँग सहकार्य गरेर यो नेपाली संगितको इतिहासलाई सर्वोच्च बनाउन अवरात्र खटिरहनु भएकी उहाँ जस्तो व्यक्तित्वलाई आज हाम्रो मञ्चमा हामीले पाएका छौ । उहाँको परिचय संक्षिप्तमा गराउन गईरहेको छु । नेपाली गीत संगितको समउन्नतिमा सदैव सर्मपित व्यक्तित्व संगित विशेषज्ञ शान्ति ठटालको विषयमा प्रसिद्धि गीतकार नगेन्द्र थापाले भन्नु भएको छ उहाँ नेपाली गीत संगितको ज्ञाता कम्पोजर त हुदै हो उहाँ नेपाली संगितका बहादुरयोद्धा हुनुहुन्छ ।
वास्तवमा शान्ति ठटाल समयबाट हेर्दा उहाँको विषयमा गीतकार थापाले राख्नु भएको धारणा अत्यन्त सारपूर्ण लाग्छ किन कि लगभग पचास वर्षको संगित यात्रामा संगितका योद्धा र सारथी दुवै व्यक्तित्व बनाउनु भएका ठटालको समपर्ण र त्यागको अभिव्यञ्जना नै उहाँको सफलर निरन्तरको योगदानमा प्रतिविम्वित भएको छ । कलाले सदैब त्याग माग्छ त्यस्तो त्याग केवल असाधरण प्रतिभाबाट मात्र सम्भव हुन्छ । नेपाली संगितको इतिहासमा संगितकार शान्ति ठटाल त्यसैले नै एक दुर्लभ र असाधारण योद्धा हुनु भएको हो । इतिहासलाई सँगै लिएर हिडिरहनु भएका गीतकार नगेन्द्र थापाको यो मुल्यांकनले नेपाली संगितका अध्यता र श्रोताको जिम्मेवारीलाई अझै घच्घचाएको छ । विवेकसिल न्यायिक पुष्टि भएका अल्पबासी भएका थापाले थोरैमाधेरै विशेष कुराकोसंकेत गर्नु भएको जस्तो लाग्छ ।
अर्का प्रसिद्ध कवि तथा गीतकार डा राजेन्द्र भण्डारीले भन्नु भएको छ शान्ति ठटाल नेपाली संगीत जगतकी कन्चनजंगा हुन उनैका आर्शिवाद स्वरुप अथया भनौं उनैबाट उदघोष धेरै नदीनाला छन् संगित क्षेत्रमा निष्ठभाषी अनुसाशित स्वच्छ सुद्ध नेपाली अंग्रेजी भाषी ज्ञान भएकी सबैकी दिदी स्नेहकी प्रतिमुर्ति एउटा विशाल संगितकार साथै उच्चमनसा शालिन व्यक्तित्व पनि हुन उनलाई देख्दा स्वत श्रद्धाले सिर झुक्छ यो डा. राजेन्द्र भण्डारीको भनाई हो । घाम जस्तो नाम नाम जस्तो स्वभाव सबैको हुँदैन तर कवि गीतकार भण्डारीको विशष्ट समालोचिकिय अभिव्यक्तिमा नेपाली संगितमा जिउँदो जाग्दो परम्परालाई कन्चनजंगा भएर नेतृत्व दिई रहनु भएकी वरिष्ठ संगितकार शान्ति ठटाल यस्तो ओजसी व्यक्तित्व निर्माण गर्न चाहिने सम्पन्न भएको खास कुरा अभिव्यची छ । अहिले गायिका रुपमा स्थापित भएर उहाँ संगितको महासागारमा बस्नु भएको हो पौडिएर पार गर्नु होइन त्यसैमा डुबेर मोतिका दाना बनाउन उद्दत उहाँ सारा जीवन संगितको प्रवाहमा बगीरहनु भयो । कहिले काली गण्डकी भएर गीतरुपी सालिकराम कुत्दै त कहिले कोशी भएर संगितका भंगालाहरु जोड्दै उहाँले संगितको सुन्दर युगलाई सम्मालेर राखिदिनु भएको छ ।
शान्ति ठटाल सोह्र वर्षको उमेरमा दार्जिलिङ्गको कला मन्दिरमा आवद्ध हुनु भएका बेला त्यही संस्थाका मानवघोसद्धारा उहाँ कलकताको रविन्द्र भारती विश्वविद्यालयमा उच्च शिक्षाको लागि प्रवेश गर्नु भएको थियो । यसपछि उहाँको गायिका परिचय स्थापित भईसकेपछि उहाँ संगिततिर उदाउनु भएको हो । संगितकार शान्ति ठटालले नेपाली गीत संगितमा नयाँ पुरानो दुवै पुस्ताका कलाकारसँग सहकार्य गर्नु भएको छ । उहाँले इश्वर बल्वभ बैरागी काहिला मनबहादुर मुखिया इन्द्र थपलिया अमर गुरुङ्ग सुशिल ठटाल नरदेव नुम्बा दलसिंङ्ग अकेला बलि सुब्बा देवदत्त ठटाल जस्ता कवि गीतकारका गीतहरुमा धुन भर्नु भएको छ । कन्चनजंगा झै स्वच्छ र पे्ररक व्यक्तित्व संगित सारथी शान्ति ठटालको अच्युत योगदानको लागि यो विशेष सम्मान छिन्नलता २०७४ द्धारा यो पुरस्कार प्रदान गरिएको छ । यस सुअवसरमा उहाँको यो गरिमामय उपस्थितको लागि हार्दिक आभर प्रकट गर्दै उत्तोत्तर प्रगतिको कामना र दिर्घतम सक्रिय संगित यात्राको असिम सुभकामना व्यक्त गर्दछौं ।
गीतकार ज्ञानेन्द गधालः
गीतकार ज्ञानेन्द गधाल विगतवर्षदेखि अमेरीकामा बसोबास गर्दै आईरहनु भएकोछ त्यहाँको व्यस्तताको दैनिकीबिच पनि नेपाली भाषा साहित्य र संस्कृतिका प्रसार र विकासमा योगदान दिन विभिन्न गतिविधिमा संलग्न रहँदै आउनु भएको छ । निरन्तर लागिरहनु भएको छ । यसको निम्ति दुई दशकदेखि ड्यासपोराका लेखकको रुपमा नेपाली भाषामा साहित्य सिर्जना गर्दै स्रष्टाहरुसँग प्रत्यक्ष सम्पर्कमा रही सहकार्य गरि रहनु भएको उहाँ विभिन्न क्षेत्रिय राष्ट्रिय अन्तर्राष्ट्रिय डेढ दर्जन भन्दा बढि संघ संस्थामा आवद्ध हुनुहुन्छ । विद्धानकारुपमा विशेष परिचय बनाउनु भएका गधालका झरीपछिको आकास, सम्झनाका छालहरु, नेपाली आधुनिक गीतको संकलन, नेपाली आधुनिकी गीतहरुको स्वर, एल्वमहरु लगायत थुप्रै रचनाहरु प्रकासित छन् । र उहाँले यो कामको लागि विभिन्न संघ संस्थाहरुबाट पुरस्कार प्राप्त गरि आउनु भएको छ । गीतकार ज्ञानेन्द्र गधालका सरल सुन्दर भावको संगितमय गीतहरुको प्रभावकारीताको उच्चमुल्यांकन गरी छिन्नलता गीत पुरस्कार गुठीले २०७४ सालको छिन्नलता गीत पुरस्कारद्धारा उहाँलाई सम्मान गरिएको छ । यस गरिमामय पुरस्कारको गुठीको तर्फबाट आयोजित आजको यस विशेष समारोहमा यहाँको गीत कार्यता निरन्तरता उत्तरोत्तर प्रगतिको कामना गर्दछ । छिन्नलता २०७४ द्धारा सम्मानित हुन भएकोमा यहाँलाई हार्दिक बधाइ दिन चहान्छौ ।
संगिततफ वसन्त क्षेत्रीः
छिन्नलता गीत पुरस्कार संगिततर्फ प्राप्त गर्नु हुने सर्जक हुनुहुन्छ वसन्त क्षेत्री उहाँको परिचय प्रस्तुत गर्दै छु २५ जनवरी १९५० मा दार्जिलिङ्गमा जन्मनु भएको वन्सत क्षेत्री सानैदेखि संगितमा अभिरुची राख्नु हुन्थ्यो आफुलाई गीत संगितसिर्जना र फरक धारको जागिरे जीवनमा एकसाथ हिडाएर अघि बढाई रहनु भएका उहाँका गीत तर्फको योगदानले प्रसिद्ध पाएका छन् । संगितकारको रुपमा क्षेत्री रेडियो नेपालको रेकर्डिङ्ग क्षेत्र लगायत विभिन्न संस्थाहरुबाट उहाँ प्रस्तुत गीतहरुको निकै लोकप्रिय रहदै आएको छ । उहाँका विभिन्न लोकप्रिय गीतहरु मध्ये रात गहिरिदै जान्छ , शहर भित्र केको हल्ला , जिन्दगीका मायाहरु , सरम लागे मेरो तिमीलाई, लाए माया तोडिन्छ आदि थुप्रै गीतहरु उहाँको संगितमा सुसचित छ । र विभिन्न विशिष्ट स्रष्टा र गायकहरुले गाउँदै आएको छ । संगितकार क्षेत्रीले दार्जिलिङ्गबाट बनेको चलिचित्रहरु तुवालो, रहस्य भाग्यको लगायतका चलिचित्रका निम्ति संगित भर्नु भएको छ भने उहाँको किताब सुर्यदय फिलिन्स धर्कन थुप्रै गीति एल्वमहरु क्यासेटहरु प्रकासित छन् । संगितकार क्षेत्रीलाई उहाँको निरन्तरताको कदर स्वरुप विभिन्न संघ संस्थाले सम्मानित पुरस्कृत गरेको छ भने यसरी नै उहाँको यो गुणात्मकको उच्च मुल्यांकन गर्दै संगित तर्फको छिन्नलता गीत पुरस्कार २०७४ द्धारा उहाँलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । यस गरिमामय पुरस्कार तथा सम्मानद्धारा विभुषित हुनु भएको सुअवसरमा प्रसिद्ध संगितकार क्षेत्रीलाई हार्दिक बधाई तथा उत्तोत्तर प्रगतिको सुभकामना गर्दछौ ।
गायिका संगीता राना मगर प्रधान :
छिन्नलता गीत पुरस्कार गायन नेपाली आधुनिक गीतलाई शास्त्रीय शैलीमा गाएर अत्यन्त गरिमामय बनाउने प्रसिद्ध गायिका संगीता राना मगर प्रधान नेपाली गीत संगितको गौरवमय परम्पराका एक विशिष्ट प्रतिभा हुनुहुन्छ । संगितका साथै सुर बग्ने रभावको मौलिकतालाई जीवन्त बनाउने उहाँको गायन नेपाली श्रोतको निम्ति इश्वरीय प्रदान मानिन्छ शास्त्रीय संगित साधनाबाट प्रारांगत भएर नेपाली लोकलयन्यायिक सक्षम उहाँको गीतहरु नेपाली गीतकार मानवहस्तीहरुलाई नेपाली शास्त्रीय आधनिक लोकलाई भोजन गायन गरि विभिन्न भेगमा निकै विशिष्ट रहेको छ । उहाँका विभिन्न एलवमहरु र अरु फुटकर रचनाहरु र विभिन्न एल्वमहरुमा प्रस्तुत भएका छन् । गायिका संगिता राना मगर प्रधानले गीत गायन संगित सिर्जना र अध्यापन र कुसल प्रशिक्षणबाट नेपाली गीत संगित क्षेमा प्रशस्तै योगदान पु¥याउँदै आउनु भएको छ । उहाँको निरन्तरताको साधना र योगदानको कदर गरि उहाँलाई विभिन्न किसिमको सम्मान र पुरस्कारहरु प्राप्त भएका छन् । उहाँले नेपाल गीत संगितमा पु¥याउनु भएको महत्वपूर्ण योगदानको उच्च मुल्यांकन गर्दै छिन्नलता गीत पुरस्कार गुठीले पनि गायन तर्फको छिन्नलता गीत पुरस्कार २०७४ बाट उहाँलाई सम्मान प्रदान गरिएको छ । यस गरिमामय पुरस्कार तथा सम्मानद्धारा विभुषित हुनु भएको सुअवसरमा प्रसिद्ध गायिका संगीता राना मगर प्रधान ज्यूलाई हार्दिक बधाई तथा उत्तोतर प्रगतिको कामनाका साथ मंगलमय सुभकामना व्यक्त गर्दछौं ।
याद रहोस संगीता राना मगर प्रधान बरिष्ठ चलचित्र निर्देशक किशोर राना मगर ज्युको धर्मपत्नी हुनुहुन्छ । किशोर राना मगरको दुबै मृगौला फेल भएकोले ६ महिना देखि ललितपुरको पुलचोक स्थित निदान हस्पिटलमा उपचारको क्रममा आफ्नै भाई रन्जित राना मगरले आफ्नो एक मृगौला दिएर स्वास्थ्यलाभ लिई रहनु भएकोछ । राज्यसत्ता परिवार उहांको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछौ ।
प्रतिभा पुरस्कार तर्फ गायक/गायिका मेलिना राई राजनराज सिवाकोटीः
छिन्नलता प्रतिभा पुरस्कार तर्फ राजनराज सिवाकोटी वि.सं. २०३२ भदौ २२ गतेका दिन पिता बलराम प्रसाद सिवाकोटी तथा माता सिता सिवाकोटीको सन्तानको रुपमा जन्मनु भएका राजनराज सिवाकोटीले नेपाल कमर्श क्याम्पसबाट एम ए तहको उर्तिण गर्नु भएको छ । जन्मजात रुपमा गायन प्रतिभा पाउनु भएको सिवाकेटीको अभ्यासले कमर्स विषयको अध्यापनलाइृ पूर्णता दिएर पनि स्व आर्जित ज्ञानको रुपमा लोक गित गायनको वृहत परिवेशमा आफुलाई सामहित गर्नु भएको छ । गायन सिवाकोटीका थुप्रै एल्वमहरु प्रकासित छन् उहाँ गीतकारको रुपमा पनि परिचित हुनुहुन्छ । उहाँले गीत रचना तथा संगित गरेका चर्तित संकलनको एल्वमको रुपमा म माया गर्छु अलिकता पिडा हुदा नि वार्ता गराई दियौ प्रिय तिम्रो सिउँदोमा मान्छे रहेछ खली तिम्रै हातको प्रकाश आदि थुप्रै रहेका छन् गायक सिवाकोटीको लोकप्रिय गायनका कारण उहाँलाई विभिन्न पुरस्कार तथा सम्मानहरु र विदेश भ्रमणको निमन्त्रणा बारबार आईरहेका छन् र उहाँले थुप्रै मञ्चीय प्रदर्शनहरु पनि गरिसन्नु भएको छ । प्रतिभाशाली गायक सिवाकोटीको यो योगदानलाई अर्का प्रतिभाशाली गायिका मेलिना राईसँग सहगायन गरिएको कुटुमाकुटु सुपारी दाना बोलको गीत निकै लोकप्रिय भएको छ । उहाँलाई यही गीतको लागि छिन्नलता प्रतिभा पुरस्कार २०७४ प्रदान गरिएको छ । यस गरिमामय पुरस्कार प्राप्त गर्नु भएको यस सुअवसरमा यहाँलाई धेरै धेरै बधाई तथा उत्तोत्तर प्रगति र उन्नतिको मंगलमय सुभकामना व्यक्त गर्दछौ ।
गायिका मेलिना राई :
नेपाली गीत संगितलाई पछिल्लो समयमा प्रतिनिधित्व गर्ने थोरै प्रतिभासाली गायकहरुमा मेलिना राईको नाम अग्रपंक्तिमा आउँछ । मेलिना राई तीस भन्दा बढि चलिचित्रमा गीत गायनको लागि आफ्नो स्वर दिई सक्नु भएको छ । उहाँका अत्यन्त चर्चित गीतहरु तिमीले बाटो फेर्यो अरे , कम्मर माथि पटुकी पिरतीको डोरी सिरैमा सिलबन्दी आदि विशेष प्रसिद्धिमा आएका छन् । उहाँको परिचय मुलत चलचित्रमा पार्सल गायिकाको रुपमा रहेका छन् भने उहाँले विभिन्न शैली गीतहरुलाई सफलतापूर्वक गाउनु भएको छ । प्रतिभाशाली श्वरकी धनी गायिका मेलिना राईले अर्का प्रतिभशाली गायक राजनराज सिवाकोटीसँग गाउनु भएको कुटुमा कुटु सुपारी दाना बोलको गीतको लोकप्रियताको आधारमा उहाँलाई छिन्नलता पुरस्कार २०७४ बाट सम्मान गरिएको छ । यस गरिमामय पुरस्कार प्राप्त गर्नु भएको यस सुअवसरमा यहाँलाई धेरै धेरै बधाई तथा उत्तोत्तर उन्नतिको मंगलमय सुभकामना दिन चहान्छौ । धन्यवाद