देब पचभैया
पाल्पा, असार २१ – सानैमा बुवा गुमाएकी हुन् गंगा रानाले ।
घाँस दाउरा गर्दे बुढी आमा र घरको चुलो समालेरै विद्यालय गएकी उनी अहिले त राम्रो नतिजामा एस।इ।इ पास भएकी छिन् । जनप्रिय माबि तिनाउँ ६ डुम्रे वाट परिक्षा दिएकी गंगाका छिमेकी र विद्यालय परिवार हर्षित रहेपनि गंगाकी आमा दुखित हुनुपर्यो, कारण छोरीलाई पढाउने चिन्ताले ।
“कमाउने बाले बेलैमा छोडेर गए, अव छोरीलाई कसरी पढाउने भन्ने मात्रै सोच्छु, छोरी गंगाले पाएको छात्रबृति बुझ्न सदरमुकाम तानसेन आउनुभएकी गंगाकी आमा टोपलीले उज्यालो अनुहारमा भन्नुभयो ,फेल नभएर पढे १५ किलास पढाइदिने भन्नुभएको छ, अहिले त खुशि भएकी छु ” ।
कक्षा ७ मा पढ्दै थिइन् जानुका रानाले । बुवाले आमा छोडेर अर्की विहे गरे । आमा पनि पोइल हिडेपछि एक्ली भएकी जानुका मावल बसेर पढेकी हुन् ।
भवानी मावि रिब्दीकोटवाट एस।इ।इ दिएकी जानुका भर्खरै आएको नतिजामा ३।५ जिपिएमा पास भएकी छिन् । नातिनि पढाउन कम्ती दुख गरिन, जानुकाकी मावली आमा मन कुमारी कार्कीले भनिन् “दुख पाएका र पढ्छु भन्नेलाई सरकारले हेर्नुपर्ने हो, तर केही गरेन । ”
२ बर्षकै उमेरमा आमा गुमाएकी टिका कुमारी गाहा अहिले कक्षा १२ मा पढ्छिन । आमा विते देखि नै मावलीमा बसेर पढ्दै आएकी टिका भवानी उच्च मावि रिब्दीकोटकी विद्यार्थी हुन् । अहिले सम्म पढाउन मावलीले खुब दुख गरेका छन्, आमा वितेपछि एक्लीएका बुवालाई संझिदै टिकाले भनिन् “धेरै पढेर, जागिर गर्ने छु, आमाको आत्मा र बुवालाई खुशि दिने चाहाना छ, तर उच्च शिक्षा पढाउने क्षमता माउलीमा छैन ।
माथि उल्लेख गरिएका गंगा, जानुका ,टिका र उनीहरुका आफन्त , मगर विद्यार्थी उत्थान समाजले पाल्पामा प्रदान गरेको छात्रबृत्रि कार्यक्रममा भेटिएका हुन् । उनीहरु संगै जिल्लाका १५ जना विद्यार्थीहरु एक बर्षका लागि छात्रबृति पाउने भाग्यमानी भएका छन् । एस।इ।इ उर्तिण टेक बहादुर गाहा, हरीकला चिदि, मधुसरा सारु, सुनिता सारु,रोशन पचभैया, गिता बगाले, बिष्णु सारु र र कक्षा १२ का देबीकला बुचा,टिका गाहा, रिचा उचै, वसन्ती थापा र बिष्णुमाया पुनलाइ भर्ना, मासिक र परिक्षा शुल्क संगै खाजा खर्च समेत समाजले प्रदान गरेको छ ।
गरिव जेहेन्दार विद्यार्थीको रुपमा उनीहरु जिल्ला भरी बाट छानिएका हुन् । राम्रो पढ्दै गए उनीहरुलाई स्नातक तहसम्म पढाउने मगर विद्यार्थी उत्थान समाजले जनाएको छ । सामाजिक हितका लागि ४ वर्ष अघि स्थापना भएको यो सस्थाले काठमाण्डौ, तनहु र पाल्पामा गरी अहिले सम्म २० बढी विद्यार्थीलाई निशुल्क पढाएको संस्थाका अध्यक्ष क्याप्टेन कुल प्रसाद पुनले जानकारी दिनुभयो ।
असाहाय , गरिव र जेहेन्दार विद्यार्थीलाई पढाउने जानकारी दिदै मगर विद्यार्थी उत्थान समाजका केन्द्रिय सचिव हुम बहादुर थापा (पचभैया) ले छात्रबृति कार्यक्रमलाइ देशै भर लग्ने योजना रहेको बताउनुभयो ।
मनिराज पुन र गंगा बहादुर गाहाको नेतृत्वमा प्राईभेट पानीजहाजमा कार्यरतरहदा योगेन्द्रमान सेरपुन्जा, टोम बहादुर आले, प्रेम बहादुर राना, फुल बहादुर आले, प्रेम बहादुर बुढाथोकी , सुर्य बहादुर राना, चित्र बहादुर पुन, भेष बहादुर थापा र नर बहादुर दर्लामीको पहलमा खल्तीबाट उठाएको झण्डै चार लाख रुपिया बाट शुरु भएको संस्थामा अहिले ३० बढी सहयोगी पुगेको समाजका सचिब हुम बहादुर थापाले जानकारी दिनुभयो ।
आमा बुवा गुमाएका, गरिव ,जेहेन्दार तर पढ्ने रहर भएपनि आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सहयोग गर्ने उदेश्य हो, सचिव थापाले भन्नुभयो यो संस्थामा जो सुकै ब्यक्ति आवद्ध भएर सहयोग गर्न सक्नुहुनेछ ।
मगर बिध्यार्थी उत्थान समाजका सचिब श्री थापाले असार १५ गते पाल्पाको रोएल ईन होटलमा बिषेस कार्यक्रम गरि छात्रबृत्ति प्रदान गर्नु भएको हो ।
उक्त कार्यक्रममा नेपाल मगर पत्रकार संघका महासचिब तथा श्री नगर.एफ.एमका स्टेसन म्यानेजर देब पचभैया,नेपाल मगर बिध्यार्थी जिल्ला समिति पाल्पाका पूर्ब अध्यक्ष राधाकृष्ण ढंगाल मगर,नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ पाल्पाका जिल्ला सदस्य बृहसपति राना मगर ,पाल्पामा कृयसिल राजनीतिक दलका प्रतिनिधीहरु नपाली कांग्रेस,
नेपाल कम्स्टि पार्टी ने.क.पा लगाएत राष्ट्रीय जनमुक्ति पार्टी पाल्पाका संगठन सचिब थमन अस्लामी, राष्ट्रीय जनमुक्ति पार्टी महिला मोर्चा पाल्पाका जिल्ला अध्यक्ष साबित्री राना मगर र यूबा मोर्चाका जिल्ला अध्यक्ष राधा थापा मगर लगायत बिध्यार्थीका अबिभावकहरुको समेत उपस्थित रहेको थियो ।
पुरा फोटो हेर्नका लागी यो लिंक थिच्नुहोस:
http://www.rajyasatta.com/photo-gallery/12865-2018-07-05-16-15-23