मेजन पुन मगर
काठमाण्डौ , असार ११ – दोश्रो आदिवासी जनजाति चलचित्र महोत्सव यही असार १५, १६ र १७ गते भृकुटी मण्डप काठमाडौंमा आयोजना हुँदैछ ।
महोत्सवमा जातीय चलचित्रकर्मी संघ, संस्थाबाट छनोट भई प्रदर्शन हुने चलचित्रलाई प्रोत्साहन स्वरुप प्रति चलचित्र ५ हजार नगद प्रदान गरिने छ भने दर्शकबाट छनोट भएको चलचित्रलाई पब्लिक च्वाईस अवार्ड स्वरुप २५ हजार नगद र टफी दिइने छ ।
महोत्सवमा मगर भाषाको चलचित्र रैंयाँ, मैरिमो (गुरुंग), पा (गुरुंग), लदी पुजा (माझी), टिन्छेन फमा (शेर्पा), दुलारी (राजबंशी), ढ्वाङकुम (राई), गो सु नङा (सुनुवार), टुटल जिन्गी (थारु), पा (गुरुङ) र मन्दरा (थारु) चलचित्र देखाइँदैछ ।
१) तापलय् (नेवाः) –निर्देशक बालमुकुन्द प्रजापति
२) तमसुक (मगर) –निर्देशक हिमाल पुन
३) कमल पोखरी (नेवाः) –निर्देशक संजोग लाफा मगर
४) मायासे लासी–३ (तामाङ) –निर्देशक डि.बी. मोक्तान
५) रैयाँ (मगर) –निर्देशक मेजन पुन मगर
६) मन्दरा (थारु) –निर्देशन मदन चौधरी
७) पा (गुरुङ) –निर्देशन जितमान गुरुङ
८) टुटल जिन्गी (थारु) –निर्देशक कृष्ण चौधरी
९) गो सु नङा (सुनुवार) –निर्देशक शिव मुखिया सुनुवार
१०) ढ्वाङकुम (राई) –निर्देशक सन्तकुमार राई
११) दुलारी (राजवंशी) –निर्देशक बिनोद पुडासैनी
१२) टिन्छेन फमा (शेर्पा) –निर्देशक आङ ङिमा शेर्पा
१३) लदी पुजा (माझी) –निर्देशक बिन्दु माझी र
१४) मैरिमो (गुरुङ) –निर्देशक भोजबहादुर गुरुङ रहनु भएको छ ।