प्रगती पुन मगर डान्स आइडलको टप नाइनमा !

Read Time:2 Minute, 23 Second

विनोद रखाली मगर

जेष्ठ २९, तनहुँ-एपि वान टेलिभिजनले सन्चालन गरेको वुगी उगी डान्स रियालीटी शोमा छनोट भई हजारौं प्रतिस्पर्धी लाई पछि पार्दै तनहुँकी चेली प्रगती पुन मगरले टप नाइनमा आफुलाई सुरक्षित गरेकी छिन् ।

तनहुँको शुक्लागण्डकी २ कोत्रे नर्सरीकी २१ बर्षिया प्रगति सानै देखि विभिन्न नृत्य प्रतियोगिताहरुमा सहभागी भै विभिन्न राष्टिय तथा जिल्ला स्तरका उपाधिहरु उचालिसकेकी छिन् । अन्य सहभागीले भन्दा फरक प्रस्तुतीका साथ दर्शक तथा निर्णायकको मन जितेकी प्रगतीले यस अघि विभिन्न अफिसियल म्युजिक भिडियो तथा कभर गीतहरुमा समेत सहभागी भै पुरस्कारहरु हात पारेकी प्रगति पुनलाई वुगी उगी डान्स रियालीटी शोमा टप नाइन देखी अन्य चरणहरुमा उनको प्रस्तुती देख्न अव भोट गर्नुपर्ने हुन्छ ।
 
नृत्यमै नशा जमेकी प्रगतिलाई अन्य चरणहरुमा प्रवेश गर्न ३५२२५ नम्वरमा ०४ लेखी म्यासेज गरी साथ दिनुहुन सबै शुभेच्छुकहरु सामु आह्रवान गरेकी छिन् । यता नेपाल बाहिर रहनुहुने शुभेच्छुकहरुले एपि वान टेलिभिजनकको एप डाउनलोड गरी भोटिङ् दिन सकिनेछ । भोट्ङ् िलाइन आउदो बिहिबार साँझ ८ ः ३० वजे देखि शुक्रबार मध्यान १२ सम्म गर्न सकिने एपि वान टेलिभिजनले जनाएको छ । अवका चरणमा ५० प्रतिशत निर्णायकको र ५० प्रतिशत भोटको आधारमा छनोट प्रक्रिया अघि वढ्ने भएकाले सवैलाई आफ्नो भोट गरिदिन प्रगतिले आग्रह गरेकी छिन् ।

हरेक विहिबार साझँ ८ वजे र शुक्रबार साँझ ८ वजे प्रशारण हुने उक्त डान्स  रियालिटी शोको विजेताले नगद रु. २० लाख र एक कार प्राप्त गर्नेछन् ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %