खुर्पेटोले कुमार र दलबहादुरलाई सहयोग गर्ने !

Read Time:2 Minute, 45 Second

दिपसन राना मगर
गोरखा,जेठ २२ – मगर कथानक  नेपाली भाषाको चलचित्र खुर्पेटो गोरखामा च्यारिटी शो हुने भएको छ ।

Image result for khurpeto

कुमार राना मगर र दलबहादुर आले मगर  सहयोगार्थ खुर्पेटो च्यारिटी शो यही जेष्ठ २४ गते बिहिबार गोरखा बजारमा हुँदैछ ।

नेपाल मगर सघ गोरखा अनि नेपाल मगर विद्यार्थी सघ गोरखाको आयोजनामा हुन लागेको उक्त च्यारिटी शो मस्तिष्क घात(brain stroke)गोरखा शहीद  लखन गा. पा.७ (बुङ्कोट ४, काहुले भंगार)का दल बहादुर आले मगर र साउदी अरेबियामा मृत्यु दण्ड सुनाईएका भिमसेन गाउपाली(साविक वोर्लाङ गा. वि. स. )कुमार राना मगर बचाउ अभियान स्वरुप सहयोगार्थ सकलनका लागी च्यारिटी शो हुन लागेको हो ।

सहयोग नै धर्म हो भन्ने उद्देश्यले  हुन लागेको उक्त च्यारिटी शो यही जेष्ठ २४ गते बिहिबार गोरखा बजारमा हुँदैछ । सोही गोरखाकै बुङ्गकोटमा छायाकन गरिएको खुर्पेटो मगर जातीको प्रतिक खुर्पेटो अनि यसको परिचय,बिशेषता, प्रयोग, आबश्यकता र महत्व लाई प्रस्तुत गर्न खोजिएको छ ।

सामाजिक आर्थीक पारिबारिक ग्रामिण यथार्थ नारी परक चलचित्र खुर्पेटोमा गोरखाकै चिर परिचित गायिका मुना थापा मगरको पहिलो पल्ट चलचित्रमा अतिथीको भूमिकामा देखा पर्नु भएको छ । मुनाको साथमा सुजन थापा मगर, बिना थापा मगर, टिका आले मगर, शोभा आले मगर, राजु आले मगर,  बबिता आले मगर, राजन थापा मगर, सम्झना आले मगर, बिष्णु आले मगर आदिको प्रमुख भूमिका रहेको खुर्पेटो राजेन्द्र आले मगर (तुल ) ले निर्माण गर्नु भएको हो ।

भिम राना मगरको परिकल्पना, निर्माण नियन्त्रक तिल थापा मगर, चित्र मास्की मगरको कोरियोग्राफी राहुल राईको छायान्कन, मित्र गुरुङ्गको सम्पादन र बिश्वास मगरको लेखन तथा निर्देशनमा  निर्माण भएको खुर्पेटो मिफुर्ङ्ग फिल्मस प्रोडक्सन प्राली को ब्यानरमा निर्माण भएको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %