मिलन फाउण्डेशन नेपालद्वारा मोदी गाउँपालिकालाई डसबिन हस्तान्तरण

Read Time:2 Minute, 33 Second

मणिलाल गुरुङ

मिलन फाउण्डेशन नेपालले पर्वतको मोदी गाउँपालिकालाई सरसफाइमा सघाउन डसबिन हस्तान्तरण गरेको छ ।

बिहीबार पातीचौरमा आयोजित एक कार्यक्रममा ६९ हजार रुपैयाँ बराबरका १३ वटा डसबिन हस्तान्तरण गरिएको हो । सो अवसरमा फाउण्डेशनका संरक्षक दुर्गा गुरुङ ‘मिलन’ र अध्यक्ष गंगा गुरुङले मोदी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पौडेल र प्रमुख प्रशासकीय अधिकृत गुमानसिंह गुरुङलाई संयुक्त रुपमा डसबिन हस्तान्तरण गरे ।

साथै, कार्यक्रममा मिलन फाउण्डेशन नेपालद्वारा प्रकाशित २०७५ सालको भित्तेपात्रो विमोचन समेत गरिएको थियो । सो अवसरमा मोदी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पौडेल, उपाध्यक्ष सेती महत, प्रमुख प्रशासकीय अधिकृत गुमानसिंह गुरुङ, फाउण्डेशनका संरक्षक दुर्गा गुरुङ ‘मिलन’, अध्यक्ष गंगा गुरुङ र कार्यक्रम संयोजक क्या. हितकाजी गुरुङले संयुक्त रुपमा भित्तेपात्रो विमोचन गरे ।

डसबिन हस्तान्तरणपछि बोल्दै फाउण्डेशनका संरक्षक दुर्गा गुरुङ ‘मिलन’ले गाउँपालिकामा फोहोरमैला नियन्त्रण तथा सफा राख्ने उद्देश्यले डसबिन हस्तान्तरण गरिएको बताउँदै गाउँपालिकाले हरेक ठाउँमा व्यवस्थित ढंगले राखी फोहोर मैला संकलन गर्न प्रयोग गर्ने विश्वास व्यक्त गरे । गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पौडेलले गाउँपालिका सफा राख्ने अभियानमा फाउण्डेशनसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि फाउण्डेशनसँग विभिन्न कार्यमा सहकार्य गर्ने बताए ।

फाउण्डेशनकी अध्यक्ष गंगा गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मदन गुरुङ र उपाध्यक्ष देवी गुरुङले स्वागत गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %